हटबेड (Hot Bed)को परिचय र वेर्ना उत्पादन गर्ने तरिका

सामान्यतयाः Hot Bed भनेको, हिमाली तथा पहाडी क्षेत्रमा चिसो मौसममा पनि बलियो र स्वस्थ वेर्ना उत्पादन गर्ने विधि हो । तरकारीको बीउ उम्रनका लागि उचित तापक्रमको आवश्यकता पर्दछ तर यस मौसममा धेरै चिसो हुने भएकोले बीउ नउम्रने र तुसारोले वेर्नालाई हानी पु¥याउने हुनाले यस समस्याबाट बच्नको लागि पनि हटबेडको प्रयोग गर्न सकिन्छ । हटबेड बनाएर […]

वैज्ञानिक वन कार्यविधि खारेज गर्ने निर्णयको स्वागत

लललितपुर। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । काठको उत्पादन बढाइ विदेशबाट काठको आयात घटाउन र आत्मनिर्भर बनाउने उद्देश्यका साथ तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयले विसं २०७१ […]

फुजी स्याउप्रति किसानको आकर्षण बढ्दो

खलङगा। पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउ भन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि […]

बजार लिँदै भोजपुरे सुन्तला

धरान। यस वर्षको सुन्तला सिजन (याम) सकिन लागेको छ । कोशी करिडोरको पहाडी जिल्लाबाट धरान आयात हुने सुन्तला यस वर्ष बिक्री घटेको छ । यव वर्षको असिनापानीका कारण भोजपुर र धनकुटामा सुन्तला उत्पादन कम भएको कृषकले जनाएका छन् । पूर्वको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार माघ पहिलो सातासम्म धरानमा दुई हजार ७०० मेट्रिक […]

चौँरी र भेडा प्रवर्द्धन गर्दै सिदिङ्वा

फुङ्लिङ। सिदिङ्वा गाउँपालिकाले चौँरी र भेडा प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले पशु व्यवसायीहरुलाई अनुदानसहित बीमाको व्यवस्था गर्दै आएको कृषि शाखा प्रमुख विकास थेबेले जानकारी दिए । उनकाअनुसार संघीय सरकाले भेडीगोठ प्रवर्द्धन कार्यक्रम अन्तर्गत रु ८० लाख विनियोजन गरेको छ । व्यावसायिक भेडापालक कृषकलाई ८० प्रतिशत अनुदान दिने गाउँपालिकाले कार्ययोजना […]

जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार

जाजरकोट। कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन् । उपल्लो डोल्पाको पाटनमा पाइने यो सुगन्धवाला खरबाट जिम्बु, भोटेजिरा उत्पादन हुने गर्दछ । जाजरकोटको बारेकोट गाउँपालिकाको अग्ला हिमालमा […]

उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी

ललितपुर। चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु. ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु. ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले […]

तीन दशककै अन्तरालमा तीन किसिमका उत्पादन

गण्डकी। तीन दशकअघि पोखरा महानगरपालिका–३३ बाघमारामा मास र पिँडालुको राम्रो खेती हुन्थ्यो । यहाँको मास र पिँडालु छिमेकी स्याङ्जा तनहुँ, गोरखा, लम्जुङ, पर्वत, बाग्लुङ आदि जिल्ला पनि पुग्थ्यो । समयले कोल्टे फेरेसँगै यहाँका कृषिजन्य उत्पादनमा परिवर्तन आएको छ । मास र पिँडालु छोडेर गोलेभेँडा खेतीमा लागेका यहाँका कृषकले डेढ दशकसम्म पाखामा सुन्तला र पाटनमा गोलभेँडा […]

विदेशको जागिर छाडेर बाख्रा पालन

डुम्रीबेसी। पटक पटक रोज रोटीको लागि विदेशको ढोका ढक ढकाउन जानु भन्दा स्वदेशमै परिवारको साथमा केही इलम गर्नु उचित ठानेर तनहुँ भिमाद नगरपालिका- १ डुम्रीबेसीका २ युवा दीपेन्द्र लामिछाने र जनक भण्डारीले व्यक्तिगत तवरले आफ्नै गाउँमा डुम्रीबेसी पशु फर्म संचालन गरेका छन। बाहिरबाट १० रुपैया कमाएर ल्याउनु भन्दा स्वदेश मै केहि इलम गरि २ रुपैया […]

कोशेलीले फेरिएको लेखनाथको जीवन

स्याङ्जा। कोशेली हेर्दा सानो ठुलो जस्तो पनि हुनसक्छ तर त्यसको उपयोगिताले महत्वको वोध गराउँछ । त्यही कोशेलीलाई कसरी लिने भन्ने पाउनेको हातमा भरपर्छ । आफ्नै सालीले दिएको केराको एक बोट बिरुवाले स्याङ्जाको गल्याङ ११ दिमीकका लेखनाथ भट्टराईको जीवन फेरिएको छ । दशवर्ष अगाडि नजिकैको गाउँ गल्कोट जिमुहा सालीको घरमा गएकाबेला लेखनाथले एक बोट केराको बिरुवा […]