उमाचोक गाउँ सुन्तलाखेतीका लागि जिल्लाकै नमूना

तनहुँ। म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँ सुन्तलाखेतीका लागि जिल्लाकै नमूना बगैँचाको रुपमा स्थापित भएको छ । अन्य क्षेत्रका सुन्तला उत्पादनमा भारी ह्रास आए पनि उक्त क्षेत्रमा नगण्य मात्रमा उत्पादनमा कमि आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । उमाचोक सुन्तला ब्लक सञ्चालक समितिलाई चालु आर्थिक वर्षमा रु २२ लाख ७२ हजार ४ सय ९३ सहयोग गरिएको […]

पनौतीमा बाली शिविर सम्पन्न

काभ्रे। काभ्रेको पनौतीमा घुम्ती बाली शिविर कार्यक्रम सम्पन्न भएको छ । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. र बाली संरक्षण प्रयोगशालाको आयोजना तथा पनौती नगरपालिकाको सहकार्य १ दिने घुम्ती बाली उपचार शिविर संचालन भएको हो । तरकारी, फलफुल तथा नगदे बालीहरुमा देखा परेका रोग, किराको पहिचान गरी त्यसको नियन्त्रण तथा उपचार विधि बारे कृषकहरुलाई […]

विदेशको पैसा भलपानी,कृषिमै छ जिन्दगानी

स्याङ्जा। जब वर्षालाग्छ खहरेहरुमा भलपानी बग्छ, अनि हिउँद लाग्दैजाँदा सुक्दैजान्छ । यस्तै विदेश गयो केहि पैसा कमायो, एकछिन रमायो सकिन्छ फेरि उतैगयो, यसरी कतिदिन चल्छ र ? निरन्तरको आमदानी भएन भने जीवन चलाउन मुश्किल पर्छ । त्यसैले विदेशको कमाई एकछिनको भलपानी जस्तै हुने र आफ्नै ठाउँमा निरन्तरको कमाई र स्वरोजगारीका लागि अवसर खोज्नेक्रममा स्याङ्जाका युवाहरुले […]

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

इलाम। विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ । दूध […]

अलैंची उत्पादन राम्रो : दाना बिक्रीबाटै १८ करोड २० लाख आम्दानी

लमजुङ। अलैँचीको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङका किसानले अलैँची कारोवार गर्न थालेदेखि हालसम्मकै धेरै आम्दानी गरेका छन् । यसअघिको अधिकतम वार्षिक आम्दानी रु १३ करोडसम्म हुने गरेकामा यस वर्ष अलैँची बिक्रीबाट किसानले रु १८ करोड २० लाख आम्दानी गरेका छन् । जिल्लाका किसानले तीन हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट सो रकम […]

कुखुरा पालक किसानलाई खोर सुधारमा अनुदान दिँदैं नगरपालिका

वागमती। कालिका नगरपालिका पशु सेवा शाखाले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले एक सूचना प्रकाशित गरी ईच्छुक कृषक, कृषि सहकारी, कृषि व्यवसायी, नीजि फर्म लाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न आव्हान गरेको छ । […]

तामाको सिरानीमा सुतेको नर्जा गाउँ

बागलुङ। ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’, यो उक्ति म्याग्देलीको हो । ठ्याक्कै उस्तै भनाइ पश्चिम बागलुङतिर पनि सुन्न पाइन्छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, नर्जाभन्दा माथि गाउँ छैन ।’ नर्जा र गुर्जा दुवै सुदूर सुन्दर गाउँ हुन् । त्यहाँको विकट भूगोल र कठिन दिनचर्या झेलेका कसै न कसैले ती उक्ति रचेको हुनुपर्छ । […]

घरमै कृषिमन्त्री पुगेपछि किसान दङ्ग

कर्णाली। भेरीगङ्गा नगरपालिका–५ सुर्खेतको गेरुवानी गाउँले सुगम हुँदा पनि दुर्गमको परिचय दिइरहेको छ । बबई नदीको किनारमा अवस्थित उक्त गाउँका नागरिकलाई आफ्नै वडा कार्यालय घण्टौँ समय लगाएर छिन्चु कालीदमार नजिक पुग्नुपर्दछ । त्यहाँ पुग्न उनीहरूले एउटा पहाड नाघ्नु पर्दछ । आउँदा जाँदा नभेटिने तर कामले जाऊँ भनेर मात्र पुग्न सकिने सल्यान जिल्लाको कालिमाटीसँग जोडिएको गेरुवानी […]

विक्रि नहुँदा गोदाममा थन्कियो करीब १४० मेट्रिक टन गहुँको बीउ

वाग्मती। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौंडामा ९१ लाख रुपैयाँ बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४०८ मेट्रिक टन विक्री गरिएको भए पनि हाल करीब १४० मेट्रिक टन गहुँको बीउ विक्री नभई गोदाममा थन्किएको छ । पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग […]

छिन्चुमा शीतगृह सञ्चालन

सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ छिन्चुमा नारी जागरण बहुउद्देश्यीय कृषक समूहले निर्माण गरेको शीतगृह सञ्चालनमा आएको छ । कर्णाली प्रदेशकै पहिलो सो शीतगृह दुई सय मेट्रिक टन क्षमताको छ । चार ब्लकमा रहेको शीतगृहमा प्रतिब्लक ५०/५० टन तरकारी तथा बीउ भण्डारण गर्न सकिनेछ । यसको निर्माणमा कृषि विकास निर्देशनालयको रु ७० लाख, भेरीगङ्गा नगरपालिका रु ६५ […]