कृषि मन्त्री घनश्याम भुसालले दिए राजीनामा

ललितपुर। संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री […]

क्याटवरी बनाउने उद्योग स्थापनाको तयारी, १ करोड ८ लाख लिटर दूध प्रशोधन गर्ने

मकवानपुर। वाग्मती प्रदेश सरकार र चितवनका स्थानीय तहको साझेदारीमा राप्ती नगरपालिका– ७ गढुवामा दूघ प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगको स्थापना गरिने भएको छ । उक्त प्लान्टको भवन निर्माण गर्न प्रदेश दूग्ध विकास बोर्डले केही दिनभित्र बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई यथाशीध्र निर्माण कार्य शुरु गराउन तयारी भइरहेको प्रदेश दूग्ध विकास बोर्डका सूचना अधिकारी डाक्टर शत्रुघनप्रसाद […]

कोरोना प्रभाव : सुन्तलाको बजारीकरण गर्न समस्या

सुदूरपश्चिम। कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण डोटी र कैलालीका चुरे पहाडी क्षेत्रमा फलेका सुन्तलालगायतका फलफूलको सहज रुपमा बजारीकरण गर्न नपाउँदा किसान चिन्तित बनेका छन् । किसानका खेतबारीमा यतिबेला सुन्तला, मौसम, जुनार, कागती लटरम्म फलेका छन् । कोरोना भाइरसको जोखिमका कारण उत्पादन भएको फलफूल अपेक्षाअनुसार बजारीकरण नभएको भन्दै किसान चिन्तित देखिएका हुन् । यहाँका किसानको मुख्य […]

प्राङ्गारिक खाद्य भान्छामा पु¥याउन राष्ट्रिय खाद्य बैंक

ललितपुर। विषादीरहित खाद्यवस्तु प्रत्येक उपभोक्ताको भान्छामा पु¥याउने लक्ष्यका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित बैंकले पहिलो चरणमा मुलुकका सातवटै प्रदेशमा कार्यालय स्थापना गरी काम थाल्ने भएको हो । उत्पादन वृद्धिका लागि जथाभावी प्रयोग गरिने विषादीका कारण मानव स्वास्थ्यमा पारेको […]

अकबरे खुर्सानी : कतै रोगले खराब, कतै मालामाल

इलाम। नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् । अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाएका छन् । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिन्छ । सहजरूपमा […]

जिन्दगी सोचेझैँ कहाँ छ र ?

बागलुङ। जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेशियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश जान चाहन्थे । जिन्दगी सोचेझैँ कहाँ छ र ? जापानका लागि बन्नै लागेको काम अन्तिममा आएर बिग्रियो । काठमाडौँ धाउँदाको सास्ती र खर्च उस्तै । […]

काठमाडौं उपत्यकाको तापक्रम अहिलेसम्मकै न्यून

ललितपुर। पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री सेल्सियस थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष पुस ३ […]

श्रीराम सुगर मिल्सले आजबाट उखु किसानलाई भुक्तानी दिने, ३५ करोड डिपोजिट

ललितपुर। श्रीराम सुगर मिल्स लिमिटेडले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको भुक्तानीवापतको बक्यौता रकम आजबाट दिने भएको छ। उद्योगले आज एक विज्ञप्ति जारी गर्दै कानूनी व्यवधानका कारण  समयमै भुक्तानी दिन नसकेको प्रति क्षमायाचना गरेको छ। बक्यौक्ता भुक्तानी सम्बन्धमा सरोकारवाला निकायहरुबीच छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्नेतर्फ उद्योग व्यवस्थापन पक्ष तयार भए पनि कानूनी […]

लमजुङमा बर्षेनी घट्दै सुन्तला उत्पादन

लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको जनाइएको छ । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी गर्नेमध्येमा एक बेँसीशहर […]

तीतेपातीको व्यावसायिक खेती शुरु

भोजपुर। भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो […]