
नाइल टिलापिया न्यानो पानीमा पाइने तथा अर्धसघन र सघन दुवै पद्धतिमा पालन गर्न सकिने एक प्रसिद्ध प्रजातिको माछा हो । यो एक सर्वहारा माछा हो जसले पोखरीमा भएका विभिन्न प्रकारका आहाराको साथै तयारी दाना राम्रो संग खान्छ । टिलापीया माछा पालनको विभिन्न पद्धतिहरु मध्य निम्न पद्धतीहरु कृषि तथा वन विज्ञान विश्वविद्यालयले सफल विकास गरिसकेको छ ।
पाल्ने तरीका :
२. कार्प – टिलापिया – सहर :
यस पद्धतिमा ५ – १० ग्राम साइजका ६ – ७ जातका कार्प माछामा , टिलापिया र सहर माछाका भुरालाई प्रति हेक्टर क्रमश १०,००० , ३००० र ५०० का दरले मिसाएर पालन गरिन्छ । यसरी पालन गरिएका माछालाई २४ – २६ प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले खुवाइन्छ । यसका साथै पोखरीमा ३५० र ५५० ग्राम प्रति १०० वर्ग मिटरमा दरले क्रमश डी. ए.पि. र युरिया मल प्रत्येक साता हालिन्छ । यसरी माछा पाल्दा ५ – ६ टन / हेक्टर /वर्ष सम्म उत्पादन लिन सकिन्छ । यो पद्धति हाल नेपालमा प्रचलित कार्प माछा पालन पद्धतिकै विकास रुप हो । र नेपाली किसानले सहज रुपमा अपनाउन सक्छन् । सहर माछाको बिक्रि मूल्य हुने हुँदा यो पद्धति निकै किफायती हुन्छ ।
४. एक जातीय टिलापीया पालन :
यस पद्धतिमा ३ – ५ ग्रामको एक लिंगीय भाले टिलापियाका भुरालाई २०,००० माछा प्रति हेक्टरका दरले पोखरीमा राखिन्छ । यस पद्धतिमा पनि अन्य पद्धति जस्तै २४ – २६ प्रतिशत प्रोटिनयुक्त्त दाना कुल तौलको २ प्रतिशतका दरले क्रमश डी.ए.पि. र युरिया मल प्रत्यक साता हालिन्छ । यो तरिकाले ५ – ६ महिनाको अवधि गरि वर्षको दुई चोटी माछा पालन गर्न सकिन्छ । यसरी माछा पाल्दा ६ – ७ टन /हेक्टर / वर्ष सम्म उत्पादन लिन सकिन्छ ।
माछा पालन सम्बन्धी थप जानकारी: