
एजेन्सी। ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका रोगबाट बचाउने विभिन्न खाले अनुसन्धानले देखाएका थिए । तर पछिल्लो अध्ययनले भने ब्रोकाउली खाँदा मात्र होइन सरीरमा घस्दा समेत क्यान्सरबाट जोगिन सहयोग पुग्ने तथ्य पत्ता लगाएको छ ।
सल्फोराफेन नामक रसायनले सरीरमा क्यान्सर कोषको सिर्जना हुने एपी वान नामक प्रतिक्रियालाई कम गर्ने तथा रसायनिक रुपमा सरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवर्धन गर्ने गर्छ ।
शोधकर्ताहरुका अनुसार ब्रोकाउलीमा हुने यो रसायनले छाला डढ्ने जोखिम कम गर्छ र छालामा सुरक्षात्मक इन्जाइमको उत्सर्जनलाई बढावा दिन्छ । विश्वमा छालाको क्यान्सरको जोखिम बढिरहेको र सूर्यको किरण यसको मुख्य कारक तत्व रहेको विज्ञहरुले बताउँदै आएका छन् ।