समाज

मौरीको रानी वितरण प्रभावकारी नभएपछि किसान चिन्तित !

चितवन। यसपाली चितवनमा किसानका लागि मौरीको रानी वितरण कार्य प्रभावकारी हुन नसक्दा किसान चिन्तित भएका छन् ।सरकारी कार्यक्रम अनुसार ९४ जना किसानका लागि चार हजार ५०० मौरीको रानी वितरण गर्ने योजना थियो । मौरीपालन विकास केन्द्र भण्डारा तोकिएको म्यादभित्र करीव ६० प्रतिशत मात्रै मौरीको रानी वितरण गर्न सफल भएको छ । समयमै वितरण नभएपछि अहिले […]

चिया उद्योग बन्द गर्ने चेतावनी

झापा। नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४ भदौ १९ गते जारी उक्त ऐन २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७५ साउन १ गतेदेखि लागू […]

हिमाली जिल्लामा खाद्यान्न अभावसँगै मूल्य वृद्धि

सोलुखुम्बु। ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ। खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ। थुलुङ दूधकोशी गाउँपालिका स्थित लोखीमका सिंहबहादुर तामाङले एक हजार नौ सय रुपैयाँमा किनेको चामलको मूल्य वृद्धि भएर […]

नापीका भ्रष्ट कर्मचारीको सूची तयार हुँदै

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले नापी कार्यालयमा सुधारको प्रयास गरिएको दाबी गरेका छन्। भूमि नीति तर्जुमाका लागि सरोकारवालासँग काठमाडौंमा भएको परामर्श गोष्ठीमा बोल्दै मन्त्री खनालले मालपोत र नापी कार्यालयमा बिचौलियासँग घाँटी जोड्ने भ्रष्ट कर्मचारीको गोप्य सूची तयार गरिरहेको बताए। ‘अब गलत गतिविधि गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन, सरकारले कानुनी दायरामा ल्याएर […]

तीन वर्षमा दूधमा आत्मनिर्भर

पोखरा। प्रदेश ४ लाई आगामी तीन वर्षभित्र दूधमा आत्मनिर्भर प्रदेश बनाउने योजना रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जनाएका छन् । उनले भने, ‘आगामी तीन वर्षमा सरकार दूधमा आत्मनिर्भर बन्ने र पाँच वर्षपछि दूध निर्यात गर्ने सरकारको योजना रहेको छ ।’ दूधसँगै मासु र अन्डामा पनि आत्मनिर्भर बन्ने योजना रहेको उनले बताए […]

तरकारी खेतीले फेरिएको मुहार

मकवानपुर। दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकीले घरमै सीमित हुन्थिन् । छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उनको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन । सानो उमेरमै बिहे भएर अर्काको घरमा गएपछि त मेलापात, घरधन्दा र चुलोचौकामा नै […]

तरकारी फलाउँदै विद्यार्थी

बागलुङ। आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न यहाँको एक विद्यालयका विद्यार्थी तरकारी खेतीमा लागेका छन् । किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो । पाठ्यक्रमको आधारमा व्यावहारिक शिक्षा दिइएको विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद खनालले […]

दिसा गरेको सूचना दिनेलाई २ सय ५० रुपैयाँ पुरस्कार !

वीरगञ्ज। छिपहर माई गाउँपालिका वडा नम्बर ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई २ सय ५० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । सो आचारसंहिताको बुँदा नम्बर ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा ५ सय रुपैयाँ जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो […]

मनसुन पूर्णसक्रिय हुन ‘अझै केही दिन लाग्ने’

काठमाडौं। नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन । जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो । अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने मौसमविद् वरुण […]

बर्डफ्लु नियन्त्रणपछि कुखुरा तथा अण्डाको मूल्य बढ्न थाल्यो

चितवन। जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्य बढ्न थालेको छ। कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो। पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु भएका कुखुरा र हाँस नष्ट गरिएको थियो । देवनगरको एक रेष्टुरेन्टमा पालिएका हाँस र […]