समाज

३३ ब्राण्डका दूधमा कोलिफर्म

काठमाडौं। विभिन्न दूधको ४२ नमूना मध्ये एउटै ब्याच नं.नदोहोरिने गरी परीक्षण गरिएका ३६ नमूना मध्ये ३३ ओटामा सरिरलाई हानी पुर्याउने सूक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ । कोलिर्फम हुनुको मुख्य कारण सरसफाईको कमी, सुरक्षा संयत्र पालना नहुनु, दूध प्रशोधन गर्ने मेसिन लगायतबाट उब्जने फोहोर रहेको छ । बालाजुस्थित दूग्ध विकास संस्थान (डिडीसी), काभ्रेको एलिसाजरगल्फु विनायक डेरी, […]

आगामी वर्षलाई कृषि तथा पशुपालन वर्षका रुपमा मनाइने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई व्यावसायिक कृषि तथा पशुपालन वर्षका रुपमा मनाइने नीति सार्वजनिक गरेको छ । शुक्रबारबाट शुरु भएको तेस्रो नगरसभामा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो नीति सार्वजनिक गरिएको हो । छ सय बिगाह क्षेत्रफलमा व्यावसायिक फलफूल बगैँचा निर्माण, थप ५०० बिगाहमा व्यावसायिक तथा बेमौसमी तरकारीखेती उत्पादन, […]

वन क्षेत्रबाट पाँच हजार रोजगारी सिर्जना गरिने

विराटनगर। प्रदेश नं. १ को सरकारले उपलब्ध वन क्षेत्रबाट पाँच हजार जनाका निम्ति रोजगारी सिर्जना गर्ने नीति लिएको छ । प्रदेश नं. १ को कूल गार्हस्थ उत्पादनमा सार्थक योगदान दिनसक्ने देखिएकाले रोजगारी सिर्जना गर्नका लागि ‘एक पालिका एक फर्निचर उद्यम’ तथा ‘एक उपभोगता समूह एक वन उद्यम’ को स्थापना गर्न आगामी आवदेखि नै कार्यान्वयन गर्ने […]

भूमिहीनको लगत संकलन गरिँदै

दमक। झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ । दमक–९ र १० बाट आयोगमा एक हजार २५ भूमिहीनले निवेदन दिएका छन् । दमकमा अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधानका लागि गठित आयोगले ती दुईवटा वडामा लगत लिने काम सकिएको जनाएको छ । दमक– ३ र ८ बाट […]

कुस्माबजारमा अत्याधुनिक बधशाखा सञ्चालन

पर्वत। कुस्माबजारमा ठूला पशु चौपाय बध गर्ने अत्याधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । कुस्मामा झण्डै रु एक करोडको लगानीमा बसेल पशु बधशाला सञ्चालनमा आएको छ । अत्याधुनिक ढंगले पशुको बध गर्ने र स्वस्थकर मासु वितरण गर्न सञ्चालनमा आएको सो बधशाला प्रदेश नं ४ कै पहिलो बधशाला हो । कुस्माबजारमा रुखका स्याउलामा पशुको बध गर्ने […]

उदयपुरमा धान रोपाइँ शुरु

गाईघाट। यसपटक असार लाग्नासाथ मनसुन सक्रिय भएर वर्षा शुरु हुन थालेपछि उदयपुर जिल्लामा केही कृषकले असारको शुरुदेखि नै धान रोपाइँ शुरु गरेका छन् । विगतका वर्षमा सरदर असारको तेस्रो हप्तादेखिमात्र उदयपुरलगायत तराईका जिल्लामा धान रोपाइँ शुरु हुने गरेता पनि यस पटक वर्षा अगाडि नै शुरु भएपछि उदयपुरमा भने धानको बीउ हुर्किन लागेका स्थानमा कृषकले धान […]

लिची ठेक्कामा अनियमितता

नुवाकोट। उष्ण प्रदेशीय बागवानी विकास केन्द्रले लिचीको ठेक्का बोलकबोल नगरी मिलेमतोमा ठेक्का दिएको आरोप लगाएको छ । बागवानी केन्द्रले झापाका लिची ठेकेदार ललितबहादुर क्षेत्रीलाई ठेक्का दिएको बागवानी विकास केन्द्र प्रमुख रवीन्द्रकाजी थापाले बताए । ‘अरुले पनि फाराम लगेका थिए,’ उनले भने,‘गतवर्ष पनि उनैले ठेक्का लिएका थिए । उहाँको मात्र पऱ्यो ।’ बागवानी विकास केन्द्रले गत […]

हाटबजार बन्द गर्ने तयारी

विराटनगर। विराटनगर महानगरपालिकाभित्रका साप्ताहिक हाटबजार साउन महिनादेखि बन्द गर्ने महानगरपालिकाले तयारी गरेको छ । महानगरपालिका भित्रका फुटपाथ र हाटबजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर आयोजित कार्यक्रममा बोल्दै विराटनगरको सौन्दर्यता कायम राख्न अब महानगरपालिकाले हाटबजारलाई बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताउनुभयो । दाहालले यही आर्थिक वर्षदेखि हाटबजार कर शिर्षक पनि हटाएको बताउदै […]

धानको बीउ बैंकमा संरक्षण

कञ्चनपुर। एक  दशकदेखि सञ्चालन हुँदैं आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ । छिटो […]

७९ प्रतिशत जमिनमा मात्रै खेती

काठमाडौं। नेपालको कुल खेतीयोग्य जमिनमध्ये ७९ दशमलव ३ प्रतिशत जमिन मात्रै खेतीयोग्य रहेको देखिएको छ । राष्ट्र बैंकले गरेको प्रदेशगत अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनमा ५७ जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ३२ लाख १४ हजार हेक्टर रहेको उल्लेख छ । यसमध्ये ७९ दशमलव ३ प्रतिशत जमिनमा खेती गरिएको छ । उक्त खेती गरिएको जमिनको […]