समाज

मुलुकभर २२ प्रतिशत रोपाइँ सम्पन्न

ललितपुर। मुलुकभर हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेकामा हालसम्म २२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । प्राप्त तथ्यांकअनुसार उच्च पहाडी १४ जिल्लामा ५८ हजार १५८ हेक्टर, मध्यपहाडी ३९ जिल्लामा तीन लाख ९९ हजार ६७५ हेक्टर र […]

देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

ललितपुर। ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो । जानकारहरुका अनुसार महाभारत पर्वत शृङ्खलाको भूगोल […]

फलफूलमा आत्मनिर्भर बनाइने

स्याङ्जा।  सरसफाइयुक्त वडा घोषणा गरेर ग्रिन वडाको अवधारणा अघि बढाएको वडालाई आत्मनिर्भर बनाउन फलफूलका बिरुवा वितरण गरिएको छ । गल्याङ नगरपालिका वडा नं. १० ले वडावासीलाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरेको हो । ३५० घरधुरी रहेको वडामा १ घर १२ फलफूल कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा बिरुवा वितरण गरिएको वडाध्यक्ष धुव्रप्रसाद शर्मा पंगेनीले […]

‘एक घर, एक ओखर’ कार्यक्रम

बाबियाचौर। म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘एक विद्यार्थी, एक घर, एक बोट ओखर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट दश लाख बजेट विनियोजन गरिएको छ। विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको ‘एक विद्यार्थी, एक घर, एक बोट ओखर’ कार्यक्रमले […]

आकाशको पानी कुर्दै किसान, एघार प्रतिशतमात्रै रोपाइँ

चितवन। राम्ररी वर्षा नहुँदा मध्यअसार लाग्दासमेत चितवनमा पर्याप्त मात्रामा रोपाइँ हुन सकेको छैन । सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधामात्रै रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यसवर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशतमात्रै रोपाइँ भएको जानकारी दिनुभयो । यतिखेर किसान आकाशको पानी पर्खिएर बसेका छन् । अघिल्लो वर्ष असार […]

पशुपंक्षी र बाली बीमा नगरपालिकाबाटै

झापा। निजी बीमा कम्पनीले गर्दै आएको पशुपंक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैंले सुरू गर्ने भएको छ । नगर पशुपंक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपंक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तर्क्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए। सो कामका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी लागू […]

बाँझो जग्गालाई उत्पादनमुखी बनाउन भूमि बैंक स्थापना

पोखरा। उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले भूमि बैंकको स्थापना गर्न लागेको हो । बाँझिएको जग्गा निश्चित समयको लागि बैंकमा राख्न सकिने र तोकिएको […]

संसदमा कृषिमन्त्री चक्रपाणि खनालको ३८ जवाफ

ललितपुर। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले संसदमा उठेका प्रश्नको जवाफ दिनु भएको छ ।  कृषि क्षेत्रमा सुधारका लागि विभिन्न कार्ययोजना ल्यानएको र त्यसको कार्यन्वयनका लागि पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो । विनियोजन विधेयकमाथिको छलफल गर्ने क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अन्न उत्पादनका लागि आवश्यक पर्ने सबै सामग्री तथा प्रविधि उपलब्ध गराउन पर्याप्त बजेट […]

अंशबण्डाको कृषियोग्य जमिनमा घर बनाउँदै हुनुहुन्छ ?

ललितपुर। के तपाई जग्गा अंश मागेर खेतीयोग्य जमिनको बीचमा घर बनाउने सोंचमा हुनुहुन्छ ? यति यहि सोंच्दै हुनुहुन्छ भने तत्काल विचार परिवर्तन गर्नुस् । किनकी अब सरकारले तपाईलाई यसो गर्न छुट दिने छैन । अंशबण्डा गरेर पाएको कृषियोग्य जमिनमा पनि नयाँ घर बनाउन नपाइने भएको छ । सरकारले कृषियोग्य जमिनको संरक्षण गर्ने नीति लिएसँगै कित्ताकाटमा […]

एक वार्ड एक नमुना कृषि र्फम

पर्वत । पर्वतका फलेवास नगरपालिकाले एक वार्ड एक नमुना कृषि तथा पशु फर्म स्थापना गर्ने भएको छ । फलेबास नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा नगरपालिकाका ११ वटै वडामा एक वडा एक कृषि तथा पशु र्फम स्थापना गर्न बजेट बिनियोजन गरेको हो । नगरपालिकाको तेस्रो नगरपरिषदमा प्रस्तुत भएको बजेटमा कृषि र्फम राख्न १० रोपनी र पशुफर्म […]