कृषकको उत्पादन सहकारीमार्फत बजारमा
रुकुम। रुकुम पूर्व को भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकको उत्पादनलाई जिल्ला बाहिर पठाउन थालेको छ । विसं २०७५ मा स्थापना भएको यस सहकारीले कृषि सङ्कलन केन्द्रमार्फत कृषि उपजलाई सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्न थालेको हो । सहकारीले यसै वर्षबाट भूमे गाउँपालिकासँग समन्वय गरी सञ्चालनमा ल्याएको सङ्कलन केन्द्रले कृषकलाई सहज बनाएको छ […]