समाज

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषिका कार्यालय स्थापना गरिने

कास्की। गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गर्ने भएको छ । कृषि, पशुपालन तथा मत्स्यसम्बन्धी सेवा लिन सेवाग्राहीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी कार्यालय स्थापना गर्न लागिएको बताइन्छ । हाल छ जिल्लामा कृषि ज्ञान केन्द्र र सात जिल्लामा मात्र […]

तेजपात उत्पादन बढ्दै, मूल्य नपाउँदा कृषक मारमा

उदयपुर। यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुने गरेको छ । […]

ओखर खेतीमा किसानको आर्कषण

खलङ्गा। पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हुँदैं गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका–८ का कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिनुभयो । तिला गाउँपालिका–१ का रमा बुढाले आफूहरु व्यावसायिकरुपमा ओखरखेतीमा लागेको र आयआर्जन समेत वृद्धि […]

ढुसीजनित रोग लाग्दा तरकारी उत्पादनमा समस्या

टीकापुर। जोशीपुर गाउँपालिका–३ का रामजान चौधरीको फल्न थालेको गोलभेंडा खेतीमा ढुसीजनित रोग देखा परेको छ । व्यावसायिकरुपमा तरकारीखेती गरिरहेका चौधरीको पाँच कठ्ठामा लगाइएको गोलभेंडा गलेर झर्न थालेको छ । ‘‘फलेका गोलभेंडामा ढुसीजनित डढुवा रोग देखा परेको छ । अब प्राविधिकको सल्लाहनुसार औषधि छर्ने भएको छु’’, रामजानले भने,‘‘आलु र काउली पनि तयार भइरहेको छ । गोलभेंडा […]

पशु बिमा नि:शुल्क

दमौली। तनहुँ जिल्लामा निःशुल्क पशु बिमा कार्यक्रम शुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बिमा कार्यक्रम शुरुआत गरिएको हो । चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ९० लाख बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । […]

धान मासेर लगाएको किबीबाट मनग्गे आम्दानी

बलेवा। स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो । उहाँले परम्परागत खेती नै गर्दै आउनुभएको थियो । झण्डै पाँच रोपनी जमीन जोत्न दुई दिन लाग्थ्यो । पछि उहाँले छोरा महेन्द्रको आग्रहमा घर छेउको […]

गाउँपालिकाद्धारा तरकारी संकलन केन्द्र निर्माण

मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताइन् । किसानहरुलाई उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन […]

प्राङ्गारिक कृषि उत्पादनमा अग्रसर गराउँदै स्थानीय सरकार

बनियानी। पूर्वकै प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको झापाको विर्तामोड नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । त्यसमा पनि अग्र्यानिक कृषि उत्पादनलाई विशेष जोड दिएको छ । कृषि उत्पादनलाई प्राथमिकता दिएकै कारण विर्तामोड नगरपालिका अहिले कृषि उत्पादनका हिसाबले आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया कृषि क्षेत्रमा उल्लेख्यमा लगानी […]

चिनी उद्योगबाट आजित किसान आफैँ उखु पेल्दै

महोत्तरी। महोत्तरीका उखु किसान दीपावली (तिहार) पर्वको मुखमा धमाधम उखु पेल्न लागेका छन्। दीपावली र लगत्तै आउने छठ पर्वमा मिठ्ठा (सक्खर) को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन्। अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो। जिल्लाको बर्दिबास, भङ्‍गाहा, गौशाला र औरहीसहित उखु […]

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

काभ्रे। काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन् । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उनी हिजोआज बन्दाकोभी बेच्न व्यस्त बनेका हुन् । विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, […]