समाज

कृषकलाई एक लाख जडिबुटीका बिरुवा वितरण गरिने

भोजपुर। नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडिबुटीको बिरुवा वितरण गरिने भएको छ । डिभिजन वन कार्यालय भोजपुरले कृषकलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले नर्सरी स्थापना गरेर बिरुवा वितरण गर्न लागेको हो । कार्यालयले षडानन्द नगरपालिका–१३ भिरथाप्लामा दुई हजार ४ सय ५० मिटर उचाइमा करिब दुई रोपनी क्षेत्रफलमा विभिन्न जातका जडिबुटीको बिरुवा उत्पादन गरेर […]

कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर प्रदान गरिने भएको छ । साझा सहकारीको जग्गामा निर्माण हुँदै गरेका केन्द्रमा नगरपालिकाका सबै घरधुरीलाई शेयर प्रदान गर्न लागिएको हो । यसका लागि नगरपालिकाको आठौँ नगरसभाले कृषि उपज सङ्कलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित गरेको छ । सोमबार सम्पन्न […]

प्यूठानमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु

झिमरुक। प्यूठानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुट खेती गरिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका– २ दर्भानमा खेती गरिएको हो । तीन व्यक्तिका साझेदारीमा हाम्रो बहुउद्देश्यीय कृषि फार्ममार्फत गत २०७६ असारदेखि खेती शुरुआत गरिएको हो । दर्भानका केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले संयुक्त साझेदारीमा खेती गर्दै आएका छन् । दर्भानसँगै राप्ती […]

ग्रिनिङ रोगले सुन्तला बगैँचा खाली हुँदै

सल्यान। मा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय […]

जन्तेढुङ्गाको घोर्लेमा आयोजना गरिएको प्रथम सुन्तला महोत्सव सम्पन्न

खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारस्थित घोर्लेमा आयोजना गरिएको प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ । घोर्लेका स्थानीय बासिन्दाले उत्पादन गरेको सुन्तलाको प्रवद्र्धन, विज्ञापन र पहिचान गराउने उद्देश्यका साथ गाउँपालिकाकै सहयोगमा सुन्तला महोत्सव आयोजना गरिएको हो । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव विघटित प्रतिनिधिसभा सदस्य एवं […]

लामो समयपछि वर्षा, किसानलाई राहत

बैतडी। लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका–१ का […]

पशु बधशालाको अभावमा अस्वस्थकर मासु खाँदै विराटनगरवासी

मोरङ। विराटनगर महानगरपालिकामा माछामासुको खपत अत्याधिक छ । खशी, बोका, बाख्रा, राँगा र बङ्गुरको मात्रै दैनिक दैनिक १० देखि १२ हजार केजी मासु खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । बोइलर कुखुराको माग अझै बढी छ । तर, व्यवस्थित पशु बधशालाको अभावमा विराटनगरका उपभोक्ताले स्वस्थकर मासु खान पाउँदैनन् । एकातिर पशु वधशालाको अभावमा महानगरवासी अस्वस्थ्यकर मासु […]

जाजरकोटबाट अब खाद्यान्न निर्यात

जाजरकोट। बर्सेनि खाद्यान्न आयात गर्ने जाजरकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ […]

आलुको बीउ अभाव

फुङलिङ। ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डार मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो । घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । यहाँ चैत महिनामा आलु […]

दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी

जाजरकोट। निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० क्विन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका […]