समाज

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

काभ्रे। काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन् । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उनी हिजोआज बन्दाकोभी बेच्न व्यस्त बनेका हुन् । विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, […]

पाल्पाका कृषकको अभियान ‘खाडी नपसौँ, झाडी पसौँ’

रामपुर। गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । आफ्नै गाउँ ठाउँमा प्रशस्त वानस्पतिक वस्तु भए पनि प्रयोगमा बेवास्ता गर्दा रासायनिक मल, विषादीको प्रयोगले खेतबारीको उर्वराशक्ति नै नाश गरेको छ भने अर्कोतर्फ मानव स्वास्थ्यलाई नराम्रोसँग […]

गण्डकी प्रदेशका ११ जिल्लामा कृषि बीमा निःशुल्क

म्याग्दी। म्याग्दीलगायत गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । सङ्घीय सरकारले कृषि बीमाको प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका […]

रासायनिक मल नपाउँदा किसान समस्यामा

सुदूरपश्चिम। दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहेका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहेका उनी सरकारी अनुदानको रासायनिक मल खोजीका लागि दिनहुँजसो बिक्रेतासँगको सम्पर्कमा रहे पनि अझै मल पाउन सकेका छैनन् । “गहुँ छरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल पाउन नसक्दा गहुँ छर्न ढिला भइसक्यो”, शनिबार […]

गण्डकीको पहिचान आलु र भाँगो

बलेवा। ‘‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन्’’ बागलुङ नगरपालिका वडा नम्बर २ ट्राफिक चोककी हिरादेवी पौडेल भन्दै थिइन्– ‘‘यहाँ आलुको अभावै छ, मैले यहीँको बजारमा बेचौँ कि चितवन पठाउँ ?’ पौडेलले चितवन पठाउँदा आफन्तै भएपनि ताराखोलाको आलुको मूल्य बढी दिन्छन् । बागलुङ बजार मात्रै होइन देशका ठूलादेखि […]

तीन वर्षमै फल्यो किबी

बलेवा। गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् । ताराखोला गाउँपालिका–३ का नीरज बगालेले किबीको खेती थालेको वर्षौँ भयो । गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाउनुभएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म […]

तनहुँमा यो वर्ष धान उत्पादनमा बढ्ने

दमौली। अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण यो वर्ष तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ । कोभिड–१९ का कारण गाउँ फर्किएर धान खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार विगतका वर्षभन्दा यो वर्ष धान खेती गर्ने क्षेत्रफलमा पनि वृद्धि […]

हेलम्बुलाई स्याउको गाउँ बनाइने

सिन्धुपाल्चोक। हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । […]

व्यावसायिक बाख्रापालनमा इलामका युवा

इलाम। मासु र उन्नत नश्लको बाख्राको मूल्य बढेसँगै जिल्लाका युवा व्यावसायिक बाख्रापालनमा सक्रिय भएका छन् । लकडाउनको सदुपयोग गर्दै उनीहरूले उक्त पेशा अङ्गालेका हुन् । विदेशबाट फर्किनुभएका इलाम नगरपालिका वडा नम्बर २ का लिला खतिवडाले यही पेशालाई व्यावसायिकरूपमै विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ । कोरियाबाट फर्किनु भएका उहाँले रू तीन लाखबाट शुरु गर्नु भएको व्यवसायमा […]

बन्दाबन्दीमा फुरेको उद्यमको सोच

बागलुङ । गत चैतअघिसम्म कमल राना पोखरामा बस्नुहुन्थ्यो । त्यहाँ रहँदा प्रदेशसभा सदस्य पियारी थापाको स्वकीय सचिवका रुपमा काम गर्नुभयो । एकाएक कोभिड–१९ को सन्त्रास छायो । मुलुकभर बन्दाबन्दी भयो । स्थिति असामान्य बनेपछि रानाले पोखरा छाड्ने निर्णय लिनुभयो । बन्दाबन्दीपछि जैमिनी नगरपालिका–७ जैदी, बोरस्थित घर फर्कनुभएका रानाले केही समय फुर्सदमा बिताउनुभयो । महामारीले सिर्जित […]