समाचार

वैदेशिक रोजगारी र सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझो

म्याग्दी।एक तिहाइभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको छ । वैदेशिक रोजगारी र सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझिने समस्या बढेको हो ।तीस हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिए । कुल खेतीयोग्य जमिनको […]

बाँदर धपाउन प्रशासनसँग किसानको माग

खोटाङ। खोटाङको दिक्तेल नगरपालिकासहित पाँच गाविसका किसानले बाँदर आतंक नियन्त्रणको माग गरेका छन् । खेतबारीमा लगाएको धान, मकै, कोदो, गहुँ, आलु लगायतका बालीनाली बाँदरले सखाप बनाइदिने गरेपछि दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका किसानले बाँदर आतंक नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् । बाँदर आतंकले कृषि उत्पादनमा ह्रास आएकाले बसाई सर्नुपर्ने अवस्था आएकाले प्रशासनलाई गुहार्नु […]

“विदेशी सहयोगका कारण कृषिनीति असफल”

जुम्ला। व्यवस्थापिका–संसद् सदस्य डिल्लीप्रसाद काफ्लेले विदेशी सहयोगका कारण नेपालको कृषि नीति असफल भएको ठोकुवा गर्नुभएको छ । आत्म सम्मानका लागि सहकार्य क्याड जुम्लाद्वारा आयोजित दिगो कृषिको विकास विषयक बहसमा उहाँले नेपालको कृषि विकास रणनीति असफल भएको दाबी गर्नुभयो । कृषि तथा जलस्रोत समितिका सदस्य समेत रहनुभएका सांसद काफ्लेले नेपालको कृषि विकास रणनीतिमा संशोधनको धारणा राख्ने […]

मत्स्यपालन नीति चाँडै:मन्त्री चौधरी

काठमाडौँ। चितवन, झुवानीका थारु महिलाको नृत्यसंगै भृकुटीमण्डपमा आयोजित माछा महोत्सव समापन गरिएको छ ।महोत्सवमा सिपी, शङ्खे किरा (घुङ्गी) लगायत विभिन्नथरिका माछाको जिउँदो तथा तयारी परिकार बिक्रीमा राखिएको थियो । नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ ’ भन्ने अभियानकासाथ मङ्सिर ९ देखि सुरु भएको पाँचदिने महोत्सव कृषि विकास मन्त्री गौरीशङ्कर […]

रसुवामा आठ महिनामा तीन करोडको गोलभेडा उत्पादन

रसुवा । रसुवामा आठ महिनामा झण्डै तीन करोड रुपैयाँको गोलभेडा उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाका अनुसार ६० हेक्टर क्षेत्रफलमा लगाइएको गोलभेडा खेतीबाट गएको चैतदेखि अहिलेसम्म दुई करोड ९६ लाख रुपैयाँ बराबरको गोलभेडा उत्पादन भएको हो । रसुवामा एक हजार वटा भन्दा बढी टनेलमा पाँच सय ९० मेट्रिक टन गोलभेडा उत्पादन भएको […]

मौरीमा नयाँ रोग, किसान चिन्तामा

रुकुम/मौरीपालन व्यवसायमा नयाँ रोगको महामारी देखापरेपछि रुकुमका मौरी पालक किसान समस्यामा परेका छन् । मौरीका लागि प्रख्यात जिल्लाको पिपल र पोखरामा घारबाट मौरी एकासी हराउँदै गएपछि किसान समस्यामा परेका हुन् । कात्तिकको पहिलो हप्तादेखि मह झिक्ने सिजनमा मौरी मासिँदै गएपछि किसानलाई संकट परेको हो । जिल्ला कृषि विकास कार्यालय रुकुमका कार्यालय प्रमुख सहदेव प्रसाद हुमागाईँले […]

पशुपालन क्षेत्रका अगुवाहरु चितवनमा सम्मानित

चितवन। नेपाल कुखुरा व्यवसायी मञ्च चितवनले पशुपालनसँग सम्बन्धित कार्यालय प्रमुखहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मल, कृषि तथा वन विश्व विद्यालयकि पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान शंकायका डिन शारदा थपलिया, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. वरिष्ठ पशु चिकित्सक डा. […]

स्टिकर हेरेर किन्नोेस मनकामनाको सुन्तला

गोरखा । तपाईं मनकामनामा उत्पादन भएको रसिलो सुन्तला खान चाहिरहनुभएको छ तर व्यापारीले अन्यत्रकै सुन्तला दिएर मनकामनाको हो भन्दै ढाँटेका छन् भने अब चिन्ता लिनु पर्दैन । तपाईँले चाहेअनुसार नै मनकामनामा उत्पादित स्वादिलो सुन्तला स्टिकर टाँसेर बजारमा झारिएको छ । सुन्तलाको दानामा टाँसेको ‘मनकामनाको सुन्तला’ स्टिकर हेरी घरछेउको बजारबाट मनकामनाको सुन्तला सजिलै किन्न सक्नुहुन्छ । […]

नार्कको जग्गा फिर्ता नहुँदा अनुसन्धानमा समस्या

सुर्खेत । सुर्खेतको दशरथपुरमा रहेको नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) को जग्गा नेपाली सेनाले अझै फिर्ता गरेको छैन । जग्गा फिर्ता नहुँदा कर्मचारी व्यवस्थापनदेखि कृषि अनुसन्धान कार्यक्रम समेत प्रभावित भएको नार्कले जानकारी दिएको छ । नार्कको जग्गा विसं. २०६३ देखि ६८ सालसम्म लगातार माओवादी छैटौँ डिभिजन जनमुक्ति सेनाको शिविर व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो । […]

उचित मूल्य नपाएपछि टिपिएन सुन्तला

पाल्पा। सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् । साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु १० र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु ३५ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने रु ८० […]