चराको व्यवसायबाट रु सात लाखसम्म आम्दानी
पाल्पा । टर्की (चरा) पालन व्यवसायबाट यहाँका एक युवाले अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्नुहुन्छ । आजभन्दा तीन वर्ष अघि इन्टरनेटको सहायताबाट यो व्यवसाय शुरु गर्नुभएका माथागढी गाउँपालिका रुप्सेका युवा ताराप्रसाद पाण्डेले यो व्यवसायबाट अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्न थालेको हो । कक्षा १२ सम्मको अध्ययन गर्नुभएका पाण्डेले लुम्बिनी अञ्चलमा नै पहिलो […]





