नेपाल भौगोलिक विविधता भएको मुलुक हो र यसमा भूगोल अनुसारको प्राकृतिक जोखिमहरू बर्षेनी हुने गर्दछन बाढी ,पहिरो ,सुख्खा ,खडेरी ,अतिवृष्टि ,अनावृष्टि जस्ता प्राकृतिक प्रकोपहरु भईरहेका छन् । त्यस्तै रोग किराहरुको आक्रमणबाट र किसानको कमजोरीको कारणबाट विभिन्न समस्याहरु हुने गर्दछन जसले नोक्सानी धेरै भैरहेको छ । त्यसैले नेपालमा पशुपंछी विमाको आवस्यकता निकैनै रहेको छ ।
नेपाल सरकारले विमाको प्रिमियममा अनुदान उपलब्द गराउन आ.ब ०६/७० मा बजेट व्यवस्था गरेको थियो । यसलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि कृषि बिकास मन्त्रलायाले विमाको प्रिमियममा ५०५ सम्म उपलब्ध गराउने कुरालाई २०७० जेष्ठ ०९ गतेका दिन मन्त्रि परिषद ,आर्थिक तथा पूर्वाधार समितिको बैठकबाट स्वीकृत गरिएको थियो तर निर्देशिका संसोधन भई २०७१ श्रावण १ गतेबाट लागु हुने गरि ७५५ अनुदान उपलब्ध गराउने व्यवस्था भएको थियो ।
विमा शुल्क :
विमा कम्पनीले बिमित्को जोखिम ग्रहण गरे वापत विमितसंग जोखिम अनुरुप निश्चित शुल्क लिने गर्दछ जसलाई विमा शुल्क भनिन्छ वाली र पशुपंछीमा विमाशुल्क बिमांकन रकमको ५५ प्रति वाली र पशुपन्छिका दरले लाग्दछ ।
क्षतिको मुल्यांकन कसरि हुन्छ :
कुनै कारणबस हानी नोक्सानी भएमा जिल्ला कृषि बिकास कार्यालयका बिषय बिशेसज्ञ वा जिल्लाले तोकेको फोकल पर्सनले स्थलगत अवलोकन गरि लागत मूल्य अनुसारको क्षतिपुर्ती रकम भुक्तानीको लागि विमा कम्पनीलाई सिफारिस गर्दछ वालीको आंशिक क्षतीमा सिफारिस अनुसार र पूर्ण क्षतिमाउल्लेखित बिमांकन रकमको ९०५ रकम विमितलाइ भुक्तानी दिने व्यवस्था गरिएको जस्तै कुनै किसानले रु १ लाखको विमा गरेको छ भने उसले ५५ अर्थात् रु ५००० बुझाउन पर्दछ र त्यसपछि ५००० को ७५५ अर्थात ३७५० सरकारले ब्यहोर्छ भने त्यसको २५ ५ १२५० किसानले व्यहोर्नु पर्दछ ।  क्षती भइसकेपछी किसानले ९०५ अर्थात ९०००० पाउछ ।