समाचार

अकबरे खुर्सानीबाट मनग्य आम्दानी

पोखरा। सम्भावना पहिल्याउँदै दृढ इच्छा शक्तिका साथ परिश्रम गर्ने हो भने सानो जग्गाबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, अकबरे खुर्सानीको खेती गर्दै आउनुभएका पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारी । वार्षिक छ हजारको धान उत्पादन हुने चार आना जग्गामा लगाएको अकबरे खुर्सानी खेतीबाट दुई लाख भन्दा वढी आम्दानी गरेर कृषक भण्डारी उदाहरणीय […]

अनुदानमा पाएको बीउले धान नफलेपछि किसानले गरे क्षतिपूर्तिको माग

धादिङ । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् । जिल्ला कृषि विकास कार्यालय मार्फत कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले क्षतिपूर्ति माग गरेका हुन् । गत आवमा कृषकलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दिनाथ १ नामक धानको बीउ […]

जब पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सय वटा च्याङग्रा किनेर लगे………

भक्तपुर। दसैँको लागि मुस्ताङबाट ल्याइएको भेडा-च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा झण्डै दुई हजार वटा भेडा–च्याङ्ग्रा बेच्न ल्याएकोमा पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सय वटा च्याङग्रा किनेर लगेपछि अभाव भएको हो । बुधबार हेलम्बुको जंगलमा लगेर च्याङ्ग्रा छाडिदिने र अरुलाई पनि पशु वध नगर्न आग्रह गर्ने भन्दै आएको समूहले प्रति च्याङ्ग्रा १९ हजार रुपैयाँका […]

आफैँ किसान, श्रमिक अनि साहु

मोरङ। आफ्नै खेतमा आफैले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाँको दैनिकी हो । किसान, आफैँ श्रमिक र आफैं साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार । […]

शुरु भयो अलैँची र चिया अनुसन्धान कार्यक्रम

धनकुटा । चिया र अलँैची अनुसन्धान कार्यक्रम यस वर्षदेखि राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रम पाख्रिबासले शुरु गरेको छ । नेपालभरिका पूर्वी पहाडी क्षेत्रका अलैँची र चियाको क्षेत्रमा अनुसन्धान गर्ने उद्धेश्यले नेपाल कृषि अनुसन्धान परिषद्ले २०६४ सालमा यो कार्यक्रम शुरु गरेको थियो । स्थापना कालमा कृषि अनुसन्धान केन्द्र पाख्रिबासको मातहतमा रहँदा अनुसन्धान कार्यक्रम नचलेपछि परिषद्ले कार्यक्रमलाई […]

पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिए

दसैंका लागि हिमाल पारीको जिल्ला मुस्ताङबाट पोखरामा ल्याइएका च्याङग्रा । तस्विरः रासस पोखरा। दसैँका लागि पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिएका छन् । विशेष गरी मुस्ताङबाट त्यहाँका स्थानीय कृषकका साथै अन्य ठाउँबाट गएका व्यवसायीले दसैँका लागि भेडा तथा च्याङ्ग्रा खरिद गरी पोखरामा ल्याएर बिक्री गर्ने गरेका छन् । दसैँका लागि पोखराको टुँडिखेलमा ल्याइने च्याङ्ग्रा यतिखेर हेमजा, […]

मकै छोडाउन आधुनिक प्रविधि

पाल्पा। किसानले आधुनिक प्रविधिको प्रयोग गरी मकै छोडाउन थालेका छन् । मकै छोडाउने मेसिनको प्रयोग हुन थालेपछि हातले मकै छोडाउँदा खर्चिनुपर्ने समय र हात दुख्ने समस्याबाट छुटकारा मिलेको किसानले बताएका छन् । ग्रामीण क्षेत्रमा परम्परादेखि हातले नै मकै छोडाउने चलन रहेकामा अहिले नयाँ प्रविधिको विकास भएपछि पाल्पाली किसान आधुनिक मेसिनको प्रयोग गरी मकै छोडाउन थालेका […]

दशैको मुखमा बझाङका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट

बझाङ । काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ ।सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरु खाद्यान्नको साटो बढी फाइदा लिन रक्सी ९मदिरा० […]

कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दो

अर्घाखाँची। श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि किसानले ट्र्याक्टरको प्रयोग बढाएका हुन् । कार्यालयले गत साता मात्रै २० वटा हाते ट्र्याक्टर वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास […]

तरकारीको मूल्य दोब्बर

काठमाडौं।  हजारौँ लगानी गरेर, महिनौँ पसिना बगाएर तथा खडेरी र वर्षाबाट जोगाएर उत्पादन गरेको तरकारीको मूल्य किसान आफैँले तोक्न पाउँदैनन् । तरकारी बोकेर संकलन केन्द्रमा पुगेपछि मात्र किसानले आफ्नो उत्पादनको मूल्य थाहा पाउँछन् । चित्त नबुझे के गर्ने ? बारीमा कुहिने चिन्ताले किसान लागत मूल्यमा समेत घटेर पनि तरकारी जिम्मा लगाउन बाध्य हुन्छन् । गाउँनजिकको […]