समाचार

सिंचित क्षेत्रमा गहुँको उत्पादन कसरी बढाउने ?

सोनु सागर बिष्ट गहुँ विश्वको पहिलो र नेपालको तेस्रो प्रमुख खाधान्न बाली हो| नेपालमा सबै भन्दा पहिले वि.सं २०२७ सालमा  आर.आर २१ जातको गहुँ सिफारिस गरिएको थियो | गहुँबाली उत्पादनमा बंशाणगत परिवर्तनन भइ ब्यबस्थापकिय विधिको प्रयोग गरि कम उत्पादन लागतमा बढी उत्पादनतर्फ केन्द्रीत प्रणालीलाई गहुँ सघनिकृतप्रणाली भनिन्छ| यसप्रणाली अनुसार गहुँको बिउको अंकुरण आएपश्चात टाढा टाढा […]

दूधको गुणस्तर मापदण्ड निर्धारण गर्न निर्देशन

काठमाडौँ। व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले काठमाडौँ उपत्यकामा वितरण हुने दूध पूर्ण स्वास्थ्य र गुणस्तरीय छ भन्ने मापदण्ड तुरुन्त लागू गर्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सभापति मोहनप्रसाद बरालले मुलुकभर उत्पादन र वितरण हुने सबै दूधको गुणस्तर मापन गर्न र गुणस्तरीय नभएका अवस्थामा त्यसमा जिम्मेवार तथा दोषी निकाय यकीन गरी […]

वार्षिक ८ अर्बको खाद्यान्न आयात ,नेपालको खाद्यान्न परनिर्भरता बर्सेनि बढ्दै

वीरगन्ज।  स्वदेशी उत्पादनले धान्न नसकेर वार्षिक ८ अर्बको खाद्यान्न भारतबाट आयात हुने गरेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा उक्त रकम बराबरको गहुँ, मकै, धान, चामल, फापर लगायतका अन्न भारतबाट आयात भएको हो। यो तथ्यांकले भारतमाथि नेपालको खाद्यान्न परनिर्भरता बर्सेनि बढ्दै गएको देखाएको छ। अघिल्लो आवमा नाकाबाट ४ अर्ब ५२ करोडको खाद्यान्न आयात […]

कृषिसम्बन्धी नयाँ कार्यक्रम आउने

काठमाडौँ। कृषि विकासमन्त्री रामकृष्ण यादवले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम ल्याउन लागिएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले कृषि क्षेत्रलाई सबल, सुदृढ र उत्पादनमुखी बनाउन आफूले केही दिनभित्रै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । उहाँले सरकारले कृषकलाई मलखाद उपलब्ध गराउने तथा किसानमुखी योजना अघि सार्ने […]

बिहारबाट नेपालमा सोना मन्सुली धानको अवैध तस्करी, स्वदेशी धानले भाउ नपाउँदा किसान मर्कामा

वीरगञ्ज। सीमावर्ती नेपाली बजारमा भारतीय धानको चोरी तस्करी बढ्दै गएपछि किसानहरु मर्कामा परेका छन्।  नेपालको बजार भाउभन्दा भारत, बिहारमा धानको भाउ सस्तो हुनाले भारतबाट नेपालमा धानको तस्करी बढेको हो । विशेषगरी सोना मन्सुली धानको व्यापक तस्करी भइरहेको सीमावर्ती क्षेत्रका बासिन्दाहरुले बताएका छन् । सोना मन्सुली धानको वीरगंज आसपासमा प्रतिक्विन्टल  २८ सयको दरमा खरिद भइरहेको छ […]

थानकोट र भक्तपुरको तरकारीमा अत्याधिक बिषादी

काठमाडौं । भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त […]

नव नियुत्त कृषि मन्त्री यादबले निर्देशन-सुक्खाग्रस्त जिल्लाको अध्ययन गर्न समिति गठन

काठमाडौँ । कृषि विकास मन्त्रालयले यही साउनको दोस्रो सातासम्म पनि पानी नपरी सुक्खाग्रस्त बनेका जिल्लाको अध्ययन गर्न समिति गठन गरेको छ । तराईका २ नं. प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा एवं बाँके, दाङलगायत जिल्लामा सुक्खा भएर धान रोपाइँ हुन सकेको छैन । ती जिल्लाका समस्या समाधान गर्न जिल्ला कृषि विकास […]

कृषिमन्त्रीमा रामकृष्ण यादव, पशुपन्छी मन्त्रीमा सन्तकुमार थारु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली कांग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ गरी १९ छन्। जसअनुसार कृषिमन्त्रालय र सिंचाई मन्त्रालय नेपाली काँग्रेसले पाएको छ भने पशुपन्छी मन्त्रालय माओवादी केन्द्रले पाएको छ । सरकारले कृषि विकास […]

लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध, फर्कंदै लोडसेडिङ

काठमाडौं। आगामी हिउँदमा देशमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत्त प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको खबर आजको नयाँ पत्रिकामा खवर छ । बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् । भारतबाट थप बिजुली आयातका लागि आवश्यक […]

अछाममा खाद्यान्न अभाव हुने संकेत

अछाम। अछाममा यो वर्ष खाद्यान्न अभाव हुने देखिएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय मंगलसेन अछामका अनुसार गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा संस्थानले अछामका लागि निश्चित गरेको चामलको कोटा अपुग हुने देखिएको हो । आर्थिक वर्षको पहिलो एक हप्तामै २०० कुईन्टल भन्दा बढी चामल संस्थानवाट बिक्रि भईसकेको भन्दै शाखा प्रमुख राम बहादुर […]