वीरगञ्ज। सीमावर्ती नेपाली बजारमा भारतीय धानको चोरी तस्करी बढ्दै गएपछि किसानहरु मर्कामा परेका छन्।  नेपालको बजार भाउभन्दा भारत, बिहारमा धानको भाउ सस्तो हुनाले भारतबाट नेपालमा धानको तस्करी बढेको हो ।

विशेषगरी सोना मन्सुली धानको व्यापक तस्करी भइरहेको सीमावर्ती क्षेत्रका बासिन्दाहरुले बताएका छन् । सोना मन्सुली धानको वीरगंज आसपासमा प्रतिक्विन्टल  २८ सयको दरमा खरिद भइरहेको छ भने त्यही धान बिहारको सिक्टामा २३ सय ने रु मै पाइन्छ । क्विन्टलमा ५ सय रुपैयाँ सस्तो भएकोले भारतबाट छोटी नाका भएर दिनहु“ सय ट्याक्टर धान नेपाल भित्रिन थालेको पर्सा, जयमड्डलापुरका एक बासिन्दाले बताए ।

उनले भारतबाट हलुका सवारी साधनमा रातीको समयमा धान सीमावर्ती नेपाली गाउँमा ल्याएर संकलन गरी भोलिपल्टै नेपाली बजारमा पुर्याइन्छ ।
भारतबाट नेपालमा धान तस्करी गर्ने गिरोह नै सक्रिय भएका छन् ।उनीहरुको काम भारतबाट १ क्विन्टल धान साइकलमा बोकी सीमा कटाउने हो। तस्करीको धान पर्सा ,बाराको राइस मिलहरुमा बिक्री बितरण गरी तस्करहरुले मोटो रकम कमाउने गरेका छन् ।

यसरी भारतीय धान नेपालको बजारमा तस्करीको बाटो आउँदा स्वदेशी किसान मर्कामा पर्ने परेका छन्। उनीहरुले सञ्चित गरी राखेको धानको उचित मूल्य नपाउँदा सस्तो भाउमा बेच्नुपर्ने बाध्यता रहेको पर्सा ,प्रसौनीभाठाका बब्लु गद्दिले बताए। उनका अनुसार किसानहरुले कुनै वर्ष पनि तीन हजार भन्दा बढि दाममा धान बेच्न पाएका छैनन्।

भारतीय तस्करीको धानका कारण नेपाली किसानहरु मारमा परेको उनले बताए। धान तस्करीमा सीमा नाकाहरु पा“डेपुर, जानकीटोला, भिस्वा, सबैठवा, अमरपटी, धोरेलगायतको नाकाहरु प्रयोग भइरहेको छ । धान तस्करहरुले धान ओसारपसार गर्ने नाका आसपास र वीरगञ्जसम्म पु¥याउने बाटोमा पर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका चौकीहरु भएपनि यसबिरुद्ध कुनै कदम चालिएको छैन।

बिजमाण्डू बाट