अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार
ताप्लेजुङ । सुजन दाहालले दुई वर्षअघि प्रतिमन रु एक लाख १० हजारमा अलैँची बेच्नुभएको थियो । अहिले जम्मा रु २४ हजारमा अलैँची बेच्नुपर्दा निकै खिन्न हुनुहुन्छ । बजारमा निरन्तर अलैँचीको भाउ घट्दै गएपछि स्थानीय कृषकमा निराशा छाएको छ । आँगनमा अलैँची सुकाउँदै गरेका दाहालले मूल्य स्थिर नभइदिँदा र बजार उपलब्ध नहुँदा समस्या आएको बताउनुभयो । […]