समाचार

दक्ष तथा अदक्ष गरि जापानले झन्डै ४० हजार नेपाली कामदार लैजाने

काठमाडौं। ठूलो संख्यामा विदेशी अदक्ष (ब्लु–कलर) कामदार ल्याउने तयारी गरिरहेको जापानले भिषा नीतिसम्बन्धी निर्देशिका पारित गरेको छ । मंगलवार त्यहाँको मन्त्री परिषद्ले नयाँ भिषामार्फत देशमा आउने कामदारहरुलाई सघाउने र उनीहरुको जीवन सहज बनाउने खालको नीतिगत उपायहरुको समष्टिगत प्याकेज नै पारित गरेको हो । १ सय २६ ओटा योजना भएको यो प्याकेज यसै महीना संशोधन गरिएको आप्रवासी […]

किसानलाई बीउ बाँडेको भन्दै नक्कली बील बनाई करिब एक करोड घोटाला

ललितपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किसानलाई बीउ बाँडेको भन्दै नक्कली बील बनाएर करिब एक करोड रुपैयाँ घोटाला गरेको अभियोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका १३ कर्मचारीबिरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मंगलबार बिशेष अदालत काठमाडौं उक्त कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार दैलेखका किसानलाई विभिन्न वालीको बीउको पोका वितरण गरेको […]

थाइल्याण्डमा पनि गाँजाको औषधीय प्रयोगलाई मञ्जुरी

थाइल्याण्ड। थाइल्याण्डले औषधि बनाउन तथा अनुसन्धान कार्यमा गाँजाको प्रयोगलाई कानूनी मान्यता दिएको छ । नजिकिदै गरेको नयाँ वर्षको सार्वजनिक बिदा शुरु हुनै लाग्दा संसदको अतिरिक्त सत्रले मंगलवार हतारमा ‘नार्कोटिक ऐन, १९७९’ मा संसोधनको पक्षमा बहुमत दिएको थियो । योसँगै औषधीमा गाँजा प्रयोगको बाटो खुलेको छ । पीडा तथा थकान कम गर्न थाइल्याण्डमा गाँजाको प्रयोग गर्ने […]

पोल्ट्री दिवस विशेष राष्ट्रिय समारोह दमकमा आयोजना गरिने

ललितपुर। प्रत्येक वर्षको जनवरी १ तारिकका दिन मनाइँदै आएको पोल्ट्री दिवस यस वर्ष विशेष रुपमा मनाइने भएको छ । पशु सेवा विभागले यस वर्षको पोल्ट्री दिवस विशेष समारोह झापाको दमकमा आयोजना गर्ने भएको हो । विभाग र पोल्ट्री व्यवसायी महासंघको आयोजनामा दमकमा छैटौं पोल्ट्री दिवस मनाउने निर्णय भएको हो । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन […]

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला

भीमदत्तनगर। कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताइन् । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्छिन् । ‘बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ,’ चौधरीले भनिन् , ‘चार किलोमिटर हिँडेर […]

खाली तथा भिरालो जग्गामा आम्दानी लिन सकिने म्याकाडमिया नट खेतीबारे सम्पूर्ण जानकारी

म्याकाडमिया नट (Macadamia Nut) सामान्यतया झुप्पामा फल्ने ओखर भएकाले झुप्पे ओखर भनिन्छ। झुप्पे ओखरमा बाहिरिभागमा हरियो रंगको बोक्रा, बोक्रा भित्र खैरो रंगको कडा भाग र कडा भाग भित्र पँहेलो तथा सेतो रंगको गुदी रहेको हुन्छ । यस ओखरको बोट सामान्यतया २० फिट देखी ३० फिट सम्म अग्लो हुन्छ। त्यस्तै यस ओखरको पात कडा र पातमा […]

अज्ञात रोगले बाँकेमा एक हजार बाख्रा मरे

बाँके। बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् । दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिए । बाख्राको पेट फुल्ने, मुखबाट र्‍याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान […]

प्रतिकिलो ६ सय पर्ने मेकाडामिया नट खेती गर्ने कि ?

पोखरा। दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन् । आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी […]

कुखुराको दानाको मूल्य बढ्यो

भरतपुर। कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए । कुखुराको दाना बानाउन मकै, भटमास […]

बक्यौता खोज्दै उखु किसान काठमाडौंमा

ललितपुर। संघीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको चर्चा सुन्दा गज्जव लागे पनि उखु किसानका समस्या भने सिंहदरबारमै अड्किएको छ । उखु किसानले पाउनुपर्ने बक्यौता उठाउन र उखु क्षेत्रका समस्या समाधानको माग गर्दै किसान प्रतिनिधिमण्डलले सिंहदरबारभित्रका सरोकारवाला निकायलाई भेटेर आफ्ना समस्याबारे ध्यानाकर्षण गराउन थालेको छ । उखु कृषक सिंहरदबारको ढोका ढक्ढक्याउन थालेको यो पहिलो पल्ट भने होइन […]