समाचार

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन, ३० लाखको गुरुयोजना

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले बताइन् । उनले विश्वविद्यलयको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरी गुरुयोजनासमेत निर्माण गर्न कन्सल्टेन्सी छनोट गरी जिम्मा दिइसकिएको जानकारी […]

मूल्य नबढ्दा किसान चिन्तामा

बुटवल। दानाको मूल्यमा महिनैपिच्छे वृद्धि भए पनि लामो समयदेखि जिउँदो कुखुराको मूल्यवृद्धि नभएको भन्दै कुखुरापालक निराश भएका छन् । यही अवस्था कायमै रहे कुखुरा फार्म नै बन्द गर्नुपर्ने अवस्था आउने किसानले गुनासो गरेका छन् । किसानका अनुसार ब्रोइलर कुखुरा ४५ दिनमा बिक्रीका लागि तयार हुने र एउटा कुखुरा उत्पादन गर्दा करिब चार सय रुपियाँ लागत पर्छ […]

उत्पादन बढाउन जमीन चक्लाबन्दी कार्यक्रम

कास्की। गण्डकी प्रदेश सरकारले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको छ । एक बाली मात्र खेती गरिने जमीनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बीउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली खेती गरी उत्पादन वृद्धि गर्ने योजना सरकारको ल्याएको छ । कृषियोग्य जमीन […]

विदेशमा असफल, गोलभेंडा खेतीबाट सफल बनेका सुवेदी

चितवन। नेपालमा पैसा कमाउने कुनै बाटो नदेखेर विदेशीएका अमर सुवेदी यतिबेला परिवारसंग खुसी छन् कारण हो उन्ले शुरु गरेको गोलभेंडा खेती र त्यसबाट हासिंल गरेको सफलता । चितवन भरतपुर वडा नं २५ वस्दैं आएका सुवेदीले तरकारी खेती गर्न थालेको २५ वर्ष भैसक्यो तर, उन्लाई सफल बनायो गोलभेंडा खेतीले । २५ वर्ष अघि मलेसीया गएर सुवेदी २ वर्ष […]

फलफुलमा नेपाललाई ६ वर्षभित्र आत्मनिर्भर बनाउँछौं :मन्त्री खनाल

ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई अवको ५/६ वर्षभित्र नेपाललाई फलफुलमा आत्मनिर्भर बनाउने घोषण गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले ,‘अहिलेपनि हामी धेरै कुरामा आत्मनिर्भर भैसकेका छौं । अरु कुरामा पनि आत्मनिर्भर गर्नेगरि काम गरिरहेका छौं । दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र […]

दूधमा सात करोड अनुदान, पाँच अर्बको उत्पादन

ललितपुर। सरकारले चालु आर्थिक वर्षको छ महिनामा दूधमा सात करोड रुपैयाँ भन्दा बढीको अनुदान दिएको छ। उत्पादित दूधको परिमाण, गुणस्तर र बजारीकरणका आधारमा १९९ सहकारी संस्थामार्फत प्रतिलिटर एकका दरले सात करोड अनुदान दिइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। चालु आवको छ महीनामा मात्रै संकलित दूधबाट तीन लाख ९१ हजार ६२ केजी चिज, पाँच […]

खजुरा गाउँपालिको सीतापुर स्मार्ट कृषिगाउँ घोषणा

राँझा। प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषकलाई आत्मनिर्भर बनाउन ‘स्मार्ट कृषिगाउँ’को अवधारणा ल्याएको बताउनुभएको छ । “कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र आधुनिकीरणसँगै व्यावसायिकीकरण गर्न ‘स्मार्ट कृषिगाउँ’को अवधारणा ल्याइएको हो”, खजुरा गाउँपालिका– २ सीतापुरमा सोमबार स्मार्ट कृषिगाउँको उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “कृषिबाटै आत्मनिर्भर हुनसके समृद्धिको आधार तय हुने भएकाले प्रदेश […]

बिनाब्याज रकमले फेरीएको युवाको सफलता

डोटी। सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रकम पाउन थालेपछि युवाहरु कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामूहिक बाख्रापालन व्यवसाय शुरु गरेका छन्। डोटी बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेर अनेरास्ववियुका जिल्ला अध्यक्षसमेत रहनुभएका उहाँले आयआर्जन गर्न उक्त व्यवसाय रोजेको बताउनुभयो । […]

भू-उपयोग विधेयक संसदीय समितिबाट पारित, ३ वर्ष जग्गा बाँझो राखे ३ लाख जरिवाना

ललितपुर। भू-उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिबाट पारित भएको छ। समितिमा दर्ता भएको संशोधन प्रस्तावमा दफावार छलफलपछि सोमबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो। कृषि क्षेत्रका लागि वर्गीकरणको भएको जग्गा लगातार ३ वर्षसम्म बाँझो राख्न नपाइने भएको छ। कृषि प्रयोजनका लागि वर्गीकरण भएको जग्गा स्थानीय तहलाई […]

कृषिप्रधान देश पशु चौपायामा समेत परनिर्भर, ३ अर्ब १२ करोडको आयात

ललितपुर। नेपाल कृषि प्रधान देश भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब १२ करोड २३ लाख ३० हजार बराबरको पशुपक्षी उत्पादन तथा उत्पादन सामग्रीको आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार गाईगोरु, बाच्छाबाच्छी मात्रै रु ८० लाख २० हजार बराबरको आयात भएको जनाएको […]