समाचार

भारी छुट दिँदा पनि बिकेन सहुलियतको चामल

तुलसीपुर। चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्यरूपमा चामल बिक्री हुन सकेको छैन । चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चालम अनुमान गरिएको भन्दा कम मात्रामा विक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । उक्त लिमिटेडले प्रत्येक वर्ष दशैँ, तिहार तथा छठपर्वको अवसरमा उपभोक्तालाई […]

के हो ? ‘ब्ल्याक कर्न’ अर्थात कालो मकै

‘ब्ल्याक कर्न’ एक विशेष प्रजातिको मकै हो । यी मकैमा कालो रंगद्रव्य भएकाले, यसका गेडा कालो रङ्गको हुन्छ । ‘ब्ल्याक कर्न’ को पौष्टिक मूल्य साधारण मकैभन्दा उच्च भएकाले यसको उपयोगिता धेरै छ । स्वादको हिसाबले कालो मकैमा हुने चिनीको मात्रा ११.९५ प्रतिशत हुन्छ, जुन साधारण मकैभन्दा ३ गुणा धेरै हुन्छ । परम्पारिक रूपमा कालो मकैको […]

धानमा लागेको कालोपोके रोगले किसान मारमा

पर्वत। कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाउनुभएका उहाँको धानका बालामा कालो पोके नामक ढुसीको प्रकोप फैलिएको छ । उहाँले भन्नुभयो,“धेरै फल्छ भनेर छिमेकीका अरूले झै मैले पनि अघिल्लो वर्षदेखि नै हाइब्रिड जातको बीउ लगाउँदै आएको […]

सम्पन्नताकी देवी लक्ष्मी पूजा आज

ललितपुर। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, […]

सिङ्गो गाउँ व्यावसायिक कृषिमा

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै क्रियाशील रहेको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत यहाँका किसान व्यावसायिक कृषिमा आवद्ध भएका हुन् […]

केरा खेती गर्ने किसानलाई विशेष अवसर, केराको थाम पनि विक्री

महोत्तरी। महोत्तरीसहितका मिथिला क्षेत्रमा तिहार (दिपावली) मा केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । तिहार पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो । आइतवार दिपावली पर्वको लक्ष्मीपूजाका लागि एक दिन पहिले शनिवार नै केराका थामको विक्री बढ्ने […]

गैह्र व्यापारीको करतूत, कोमामा पु¥याउँदैं नेपाली पुष्प व्यवसाय

ललितपुर। तिहारको मौका छोपी गैह्र पुष्प व्यवसायीले नेपाली पुष्प व्यवसायनै धरासायी पार्ने गरी लाखौं माला भारतीय बजारबाट अबैद्य तबरले नेपाल भित्राएको पाईएको छ । शनिबार नेपाल फ्लोरीकल्चर एशोसिएसन नेपाल र कृषकहरुको संयुक्त टोलिले बालाजु औद्योगिक क्षेत्रभित्र अनुगमन गर्दा करोडौं मूल्य पर्ने माला लुकाई राखेको अवश्थामा फेला पारेको हो । शनिबार एशोसिएसले आयातित सयपत्री फूलको माला […]

साना सिचाई निर्माण देखि, किसानको मागमा आधारित कार्यक्रम संचालन गर्दै खजुरा गाउँपालिका

बाँके। खजुरा गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत अनुदान कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि शाखाले कृषक , कृषक समूह, कृषि सहकारी, कृषि फर्म, कृषि कम्पनीलाई कार्यक्रममा समावेश हुन आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु : १. साना सिंचाई कार्यक्रम,  संख्या ३० २. अर्गानिक […]

जिबन स्तर उकास्न चौरीपालन

जाजरकोट|  कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले जाजरकोटको दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ। डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चौँरीपालन गरिएको छ। भूमि तथा कृषि मन्त्रालय कर्णाली प्रदेशबाट ५० लाख रुपैयाँ, जगदुला गाउँपालिकाको एक घर एक व्यवसाय कार्यक्रमबाट ३२ लाख रुपैयाँबाट चौरीपालन व्यवसाय सञ्चालन गरिएको जगदुला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले जानकारी दिए। चौँरी नासिदै गएको […]

स्याउको विरुवा लगाउन इच्छुक कृषकलाई ५० प्रतिशत अनुदान दिँदै प्रदेश नं ३ सरकार

हेटौंडा। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाद्धारा आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत दोलखा, रसुवा, सिन्धुपाल्चोक , रामेछाप, धादिङ जिल्लामा पचास प्रतिशत साझेदारीमा बृहत्तर स्याउ विकास तथा विस्तार गर्ने भएको छ । यसका लागि कम्तिमा ५ रोपनी जग्गा भएका र प्रति रोपनी १५० विरुवा लगाउन इच्छुक कृषि फर्म, कृषि कम्पनी, […]