
हेटौंडा। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाद्धारा आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत दोलखा, रसुवा, सिन्धुपाल्चोक , रामेछाप, धादिङ जिल्लामा पचास प्रतिशत साझेदारीमा बृहत्तर स्याउ विकास तथा विस्तार गर्ने भएको छ ।
यसका लागि कम्तिमा ५ रोपनी जग्गा भएका र प्रति रोपनी १५० विरुवा लगाउन इच्छुक कृषि फर्म, कृषि कम्पनी, कृषक, कृषक समूह, कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन दिन सक्नेछन् ।
सूचना प्रकाशित मिति : २०७६ /०७ /०५