
बाँके। खजुरा गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत अनुदान कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि शाखाले कृषक , कृषक समूह, कृषि सहकारी, कृषि फर्म, कृषि कम्पनीलाई कार्यक्रममा समावेश हुन आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. साना सिंचाई कार्यक्रम, संख्या ३०
२. अर्गानिक तरकारी खेती प्रर्वद्धन कार्यक्रम, संख्या २
३. सामुहिक करार खेती तथा बाँझो खेत व्यवस्थापन, संख्या १
४. भकारो सुधार कार्यक्रम , संख्या ५४
५. गाउँ स्तरिय ३ दिने कृषक तालिम , संख्या ४
६. मागमा आधारित कार्यक्रम, संख्या २०