समाचार

खास के छ ? कालो गोलभेंडाको विशेषता

मध्याकार र गोलो च्याउ जस्तै देखिने कालो टमाटर पछिल्लो समय मानिसको प्राथमिकतामा पर्ने गरेको छ । सामान्यतः सूरुमा बैजनी आकारमा फल्ने यो टमाटर बिस्तारै घाम र तापक्रमको कारणले कालो रंगमा परिणात हुन्छ । कालो टमाटरको बिकास रुस बाट भएको पाइन्छ । लाइकोपरसिकन एस्कुलेनम वा सोलानम लाइकोपरसिकन बैज्ञानिक नाम भएको कालो टमाटर ब्लाक क्रिमको नामले समेत […]

जागिर छाडेर कुखुरापालनतिर

बागलुङ। कुनै बेला ‘जेटिए’ बनेर पशुको उपचारमा गाउँघर डुल्नुहुन्थ्यो प्रतिमान थापा । अचेल उहाँको दिनचर्या फेरिएको छ । ‘जेटिए’को परिचय व्यवसायीमा बदलिएको छ । सात वर्षको जागिरे जीवनपछि थापा अहिले कुखुरापालनमा लाग्नुभएको छ । बागलुङ जिल्ला काठेखोला गाउँपालिका–४ तङ्ग्रामका थापाले कुखुरापालन व्यवसाय शुरु गरेको चार महीना बित्यो । त्यसअघि थापाले दुई वर्ष तत्कालस्न जिल्ला पशु […]

२० हजार मेट्रिक टन चिनी आयात गरिदैं

ललितपुर। सरकारले चाडबाडको समयमा उपभोक्ताको मागलाई हेरेर चिनीको अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । भदौ अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई १०/१० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी अयात गर्न स्वीकृति दिएको […]

बीउ आलु आत्मनिर्भर कार्यक्रमको लागि प्रस्तावना आव्हान, ४ करोड १२ लाख अनुदान वितरण गरिने

ललितपुर। राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र क्रीर्तिपुरले आर्थिक वर्ष ०७६ ७७ को आर्थिक स्वीकृत कार्यक्रम अन्र्तगत बीउ आलु आत्मनिर्भर कार्यक्रम संचालनको लागि प्रस्तावना आव्हान गरेको छ । झापा ,सुनसरी, बर्दिया, कैलाली, कन्चनपुर, लमजुङ , स्याङ्जा र कास्की जिल्लामा कार्यक्रम संचालन गरिने राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले जनाएको छ । […]

दुबै सदनबाट पास भयो भूमि सम्बन्धी संशोधन ऐन

ललितपुर। भूमि सम्बन्धी ऐन (आठौं संशोधन विधेयक) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ। राष्ट्रियसभाबाट संशोधनसहित पारित विधेयक प्रतिनिधिसभाले बिहीबार बहुमतले स्वीकृत गरेको हो। त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गरेकी थिइन्। विधेयकमाथि सांसदहरूले उठाएको […]

व्यावसायिक सयपत्री फूलको खेतीतर्फ आकर्षित हुँदै महिला

झापा। झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् । गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्तामोड तथा दमक क्षेत्रका महिलाले यसवर्ष पनि सामूहिक रुपमा सयपत्री फूलको व्यावसायिक खेती गरेकी […]

व्यावसायिक उखु खेती विस्तारका लागि अनुदान प्रदान

कैलाली। सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उखु खेती विस्तारका लागि कञ्चनपुर–कैलालीका ४५० किसानलाई अनुदान उपलब्ध गराएको छ । आव ०७५/७६ मा उक्त मन्त्रालयले उखु खेतीका लागि रु एक करोड २५ लाख उपलब्ध गराएकाले किसानले उक्त रकमबाट ६०० बिघा जग्गामा उखु खेती गरेका छन् । कैलालीको भजनी, कैलारी र कञ्चनपुरको पुर्नवास, बेलौरी, लालझाडी, […]

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

खोटाङ। कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रू. २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रू. २०० देखि २२० सम्ममा खरीद तथा विक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिवार र बुधवार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड […]

गर्ने हैन रुख टमाटर खेती

रुख टमाटर अथवा नेपालक गाँउ घरमा मटर भनेर पनि चिनिन्छ ।यो नेपालमा व्यावसायीक रुपमा खेती नगरेपनि गाँउका प्रत्येक घरमा अचार बनायर खानको लागि रोपेको पाईन्छ । रुख टमाटर सम्बन्धी केहि जानकारी : यो वहुवर्षीय बोटको रुपमा यसको खेती गर्न सकिन्छ । बोटबाट ८ देखि १० वर्ष सम्म उत्पादन लिन सकिन्छ । यो झुप्पा आकारमा फल्छ […]

सिस्नोः कसरी सेवन गर्दा राम्रो ? जानीराखौं

सिस्नोको नियमित प्रयोगले स्वास्थ्यमा पर्ने सकारात्मक परिवर्तन त हुन्छ नै यसवाट धेरै पोषक तत्व पनि पाउन सकिन्छ । सिस्नोवाट क्याल्सियम, प्रोटिन, भिटामिन सि, कार्वोहाईडेट, फाइवर, फस्फोरस र फलाम पाईन्छ भने मुटु रोग, मधुमेह, गर्भवती तथा सुत्केरी महिलालाई फाईदा गर्दछ । भने उच्च रक्तचापलाई कम गर्छ । प्रोस्टेड ग्लाण्डर वाथको समस्यालाई फाइदा पु¥याउछ । छाला र […]