समाचार

भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने

कास्की । नेपालमा भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने भएको छ । नेपालको कृषिमा आबद्ध कूल जनसङ्ख्याको ५० प्रतिशत कृषकले भैँसीपालन गर्दै आएका छन् । करिब ८५ प्रतिशत जनताको आर्थिक समृद्धिसँग जोडिएको र देशको कूल गार्हस्थ्य उत्पादनमा छ प्रतिशत योगदान रहेकाले समेत यसको व्यावसायिक विकासका लागि राष्ट्रिय रणनीति बनाउनुपर्ने आवश्यकता महसुस भएपछि आगामी […]

कुखुरापालनमा रमाउँदै युवा

बागलुङ। पाँच वर्ष कोरिया बसेर फर्कनुभएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहनुभएको छ । बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि रु आठ लाख लगानीमा ‘जेनिसा पोल्ट्री फार्म’ सञ्चालनमा ल्याउनुभयो । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय […]

मुलुककै पहिलो मल उद्योग १७ वर्षदेखि बन्द

भद्रपुर। झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका –१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो उद्योग पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन भएको केही समयमै बन्द भएको सो उद्योग १७ वर्षदेखि बन्द छ […]

किसानलाई अनुदानमा कृषि औजार

बनेपा। कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । वडाका सबै कृषकलाई समेट्ने गरी पाँचरपाँच जनाको समूह बनाएर प्रतिसमूह एक मिनीटेलर […]

कौसीखेती गर्नेलाई अनुदान

ललितपुर। ललितपुरको कृषि ज्ञानकेन्द्रले कौसीखेती प्रवर्द्धनका लागि अनुदान दिने भएको छ । केन्द्रले न्यूनतम २ हजार घरधुरीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने योजना बनाई कार्यक्रम संचालनमा ल्याएको हो। केन्द्रले चालू आव ०७६/७७ को बजेट कार्यक्रमको लागि २ करोड रुपैयाँ छुट्याएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रांगारिक कौसीखेती प्रवर्द्धन कार्यक्रम […]

पौष्टिक तथा स्वादिष्ट घाँस कामधेनु लगाउने तरीका र उपयोगिता

पशु सम्बन्धी रोग , आहारा र घासँ सम्बन्धी नयाँ नयाँ अनुसन्धान तथा अनुगमन गर्ने उद्धेश्यका साथ राष्ट्रिय पशु विज्ञान अनुसन्धानको स्थापना भएको हो । अहिले यो अनुसन्धान साखाले कामधेनु घाँसको अनुसन्धान गरिसकेको छ । कामधेनु घाँस कस्तो घाँस हो यो कतिको फाइदाजनक छ भन्ने बिषयमा राष्ट्रिय पशु बिज्ञान अनुसन्धानको सुचना अधिकृतको रुपमा आबद्ध झमक पौडेल […]

झापा जिल्ला तोरीमा आत्मनिर्भर

भद्रपुर। कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले बताएको छ । तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि झापा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेल बताउँछन् । उनका अनुसार गत आव २०७५/ ७६ मा झापामा २ हजार ६४० हेक्टरमा तोरी खेती […]

धान खरीद गर्न बन्द गरेपछि किसान मर्कामा

वीरगञ्ज। नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरीद गर्न बन्द गरेपछि किसान निराश भएका छन् । कार्यालयले एक सूचना प्रकाशित गरी माघ १० गतेदेखि धान खरीद गर्न बन्द गरेपछि धान बेच्न आउने किसान निराश भई घर फर्किन बाध्य भएका हुन् । एकाबिहानै ट्रयाक्टरमा धान लिएर वीरगञ्जको मुर्लीस्थित […]

ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ हुँदै

ललितपुर। अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा यही माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ को आयोजना गरिने भएको छ । चार दिनसम्म चल्ने उक्त मेला पाटन संग्राहलय, ललितपुरमा गरिने आयोजकले जानकारी दिएको छ । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने कार्यक्रम रहेको […]

इलाममा डेरी उद्योग फस्टाउँदै

इलाम। इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रु एक लाख ५० हजारको लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल रु एक करोड ३० लाख लगानी भइसकेको छ । स्थापनाका समयमा करिब १०० लिटरसम्म दूध प्रशोधन गर्न थाल्नुभएका खत्रीले हाल दैनिक एक हजार ६०० […]