समाचार

हिउँदे बर्षाका कारण तरकारीमा नोक्सानी

नेपालगञ्ज। पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ । जिल्लाका किसानले लगाएका आलु, गोलभेडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । यस जिल्लामा छ […]

पुनः आन्दोलनको तयारीमा उखु उत्पादक किसान

सर्लाही। सरकारसँग भएको सहमति अनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौं गएर आन्दोलन गर्ने तयारी गरेका छन् । जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि विगतका वर्षहरुमा चिनी मिललाई विक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका उखु किसान अघिल्लो महिना काठमाडौंस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए । उखु किसान पुसको चिसोमा कठ्याङग्रिएर उखुको भुक्तानी […]

जसले नेपाली हस्तकलालाई ठमेलहुँदै यूरोपसम्म चिनाए

लिस्बन। पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल छ । भित्तामा गौतम बुद्धको बडेमानको मूर्ति र नेपालको राष्ट्रिय झण्डा छेवैमा राखिएको छ । नकिने पनि किनौंझैं लाग्ने गरी लहरैसँग झुण्ड्याइएका नेपाली हस्तकलाका सामग्री । परदेश भए पनि काठमाडौंको ठमेल, बौद्ध र स्वयम्भू क्षेत्रको झल्को दिने गरी हातले बनाएका अनेकौं सामग्री […]

बजार अभाव, उत्पादन उल्लेख्य

रुकुमपूर्व। यस वर्ष रुकुमपूर्वबाट ७० लाख रुपैयाँबराबर सुन्तला उत्पादन भएको छ । अनुमानित ४० लाख रुपैयाँबराबरको सुन्तला बिक्री भइसकेको छ भने ३० लाख रुपैयाँबराबरको सुन्तला अझै बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिए । सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन […]

सुर्खेतमा अर्गानिक कृषि, उद्योग र पर्यटन लक्षित कर्णाली एक्स्पो हुने

सुर्खेत। कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव-२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना हुन लागेको […]

पर्वतको फलेवासमा धान व्लक कार्यक्रम संचालन

पर्वत। पर्वतको फलेवास नगरपालिकाका ३ वटा समेटेर धान व्लक कार्यक्रम शुरु भएको छ । फलेवास नगरपालिका ४ मुडिकुवा, वडा नम्बर ६ देबिस्थान र वडा नम्बर १० कुर्घामा धान व्लक क्षेत्र बिस्तार भएको हो । धानको उत्पादन बृद्धि गर्न, व्यवसायिक रुपमा धानको क्षेत्र बिस्तार गर्न र स्थानीय जातको धानबालीलाई संरक्षण गर्ने हेतुले धान व्लक क्षेत्र बनाईएको […]

पशु विकास कार्यक्रम संचालन गर्दै घिरिङ गाउँपालिका

तनहुँ । घिरिङ गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत पशु विकास कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालि अन्र्तगतको पशु सेवा विभागले सूचना प्रकाशित गरि कृषक, कृषि सहकारी, कृषि समुह, कृषि समितिलाई ७ दिन भित्र निवेदन पेश गर्न आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु : १. बाख्रा […]

किसानको माग : अनुदान हैन नयाँ प्रविधि

रामपुर। पाल्पामा युवाहरुलाई कृषि व्यवसाय गर्न कृषिमा अनुदान रकम प्रोत्साहनस्वरूप उपलब्ध गराइएको छ । अनुदान रकमले केहीले सही ठाउँमै राम्रै सदुपयोग गरेका छन् त केहीले अनुदान लिनका लागि मात्र व्यवसाय गरेको पाइएको छ । यसबाट राज्यले जुन उद्देश्यले बजेट दिएको छ सोअनुसार सही ठाउँमा उपयोग नभएको रामपुरका कृषकको गुनासो छ । रामपुर नगरपालिका–४ को कार्यालयले […]

निशुल्क तिन दिने च्याउ खेती प्रविधि तालिम संचालन हुँदैं

काभ्रे । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वागगमती प्रदेश कृषि ज्ञान केन्द्र काभ्रेले च्याउ खेती प्रविधि तालिम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी प्रत्येक स्थानीय तहबाट एक जना च्याउ खेती गर्न ईच्छुक वा गरिरहेका कृषकलाई सहभागी गराउन अनुरोध गरेको छ । थप जानकारीका लागि : उमादेवी श्रेष्ठ, कृषि प्रचार […]

७० लाखको सुन्तला उत्पादन

रुकुमपूर्व। यहाँ यस वर्ष ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिनुभयो । सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत […]