समाचार

आलु बरामद

विरगंज । भारतबाट अवैधरुपमा नेपालतर्फ चार ट्र्याक्टरमा ल्याइरहेको करिव पाँच लाख मुल्य बराबरको दुई सय क्वीन्टल आलु सशस्त्र प्रहरी बल बरियारपुरले शुक्रबार बिहान वरामत गरेको छ । ना ६ त ६३४९, ना ५ त ९४२८, ना ४ त २५०४ र ना ५ त ८०८६ नंम्बरको ट्र्याक्टरमा बाराको सिम्रौनगढबाट वीरगञ्जतर्फ ल्याइरहेको सो आलु वीरगञ्ज भन्सार कार्यालयका […]

विदेश हैन अव स्वदेश

दैलेख। खोलाछेउको बस्ती, नजिकै तरकारी फार्म । लटरम्म तरकारी । मेहनत पनि कम छैन । मातृभूमिमै केही गर्न सकिन्छ भन्ने अठोटका साथ डुङ्गेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदारले पाँच वर्षअघि विसं २०७२ मा ‘उन्नति एग्रो फार्म’ तरकारी फार्म खोल्नुभयो । आफ्नै गतिमा बगिरहेको लोहोरेखोलाको छेवैमा रहेको सिस्नेधारमा पहिलोपटक रु १५ लाख लगानी गरी टनेल हाउस निर्माण […]

कृषि केन्द्रलाई १० करोड अनुदान

ललितपुर। वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई रु एक-एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको हो । निर्देशनालयले प्रदेशका विभिन्न जिल्लामा एकीकृत मोडेल कृषिफार्म विकास तथा विस्तार […]

बाजुराको रैथाने सिमी जिल्ला बाहिर विक्री गरिदैं

बाजुरा । बाजुरा सामान आयात हुने तर यहाँको उत्पादन निर्यात भने न्यून हुने जिल्लामा पर्छ । जिल्लाका उत्पादन कुनै बजारसँग नजोडिएको र अरुको उत्पादन मात्र उपयोग गर्ने परिचय बाजुराको हो । तर विगत एक वर्षयता त्यो परिचय फेरिएको छ । बाजुराले पनि उत्पादन गर्न सक्छ र उत्पादित वस्तु निर्यात पनि गर्छ भन्ने देखिएको छ । […]

अनुदान दुरूपयोग भएपछि शितभण्डार बनाउने सम्झौता रद्द

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले शित भण्डार बनाउने ६ वटा कम्पनीसँगको सम्झौता रद्द गरेको छ। मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पैसा लिएर काम नगरेपछि सम्झौता रद्द गरिएको हो। अनुदानको सही उपयोग नगरेको, भौतिक तथा वित्तीय प्रगती नगरेको, मोवीलाइजेशन पेस्कीको सही सदुपयोग नगरेको र निर्धारित समयभित्र काम सम्पन्न हुने नदेखिएपछि सम्झौता रद्द गरिएको परियोजनाका […]

एक करोड लगानीमा म्याग्दीका युवाद्धारा पशुपालन फार्म सञ्चालन

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक युवाले रु एक करोड बढी लगानीमा पशुपालन शुरु गर्नुभएको छ । छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याउनुभएको हो । व्यवस्थितरूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई रहेका छन् । रोजगारीको सिलसिलामा दुई […]

सुन्तला खेतीमा रमाउँदै कृषक , यस वर्ष ३० करोड आम्दानी

  भोजपुर। यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, […]

कम्फ्रे एक बहु उपयोगी घाँस

कम्फ्रे भन्नाले पोथ्रा समूह अन्तर्गत सिम्फाईटम जेनसमा पर्ने बहुवर्षे बिरुवाका प्रजातिहरुको समूह हो । सामान्यतया सितप्रदेशीय घाँसे मैदान तथा घोलहरुमा पाइने यो बिरुवा युरोपको रैथाने बिरुवा हो । यो विरुवा समशितोष्ण तथा उष्णप्रदेशीय हावापानी भएको स्थानमा समेत फैलीएको पाइन्छ । विश्वभरी नै औषधी लगायत अन्य प्रयोजनको लागी वर्षाैदेखी यसको खेती गरिदै आए तापनी नेपालमा भने […]

अन्नबाली छाडेर कागतीखेती शुरु

पाल्पा। धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गर्नुभएको छ । अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाउनुभएको छ । करिब सात रोपनी क्षेत्रफलमा ४०० बोट कागती लगाउनुभएको छ । बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि भट्टराईले […]

कुखुराको मासु अहिलेसम्मकै उच्च, व्यवसायीलाई लोभले लोप्पा खुवायो

चितवन। झण्डै डेढ महीनाअघि उत्पादन बढी भएर कुखुराको मासु पर्याप्त विक्री हुन नसकेको चितवनमा हाल उत्पादन घटेपछि बजारमा मासुको मूल्य ह्वात्तै बढेको छ । यसअघि प्रतिकेजी रू. २४० देखि २६० सम्म उपभोक्ताले तयारी मासु किन्दै आएपनि अहिले यसको मूल्य वद्धि भएर प्रतिकेजी रू. ४०० सम्म पुगेको छ । बजारमा मागको अनुपातमा आपूर्ति नहुँदा मूल्य बढेको […]