समाचार

बागलुङमा ४० करोडभन्दा बढी मूल्यको आलु उत्पादन

बागलुङ। बागलुङमा यो वर्ष ४० करोडभन्दा बढी मूल्य बराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार एक हजार हेक्टर क्षेत्रफलमा गरिएको बर्खे आलु खेतीबाट ११ हजार ६ सय ९४ मेट्रिक टन उत्पादन भएको छ । यस वर्ष एकै सिजनमा ४० करोड ९० लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको कार्यालयका कृषि प्रसार प्रचार […]

अर्घाखाँचीका किसान हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित

अर्घाखाँची। अर्घाखाँचीका किसान हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीले सहुलियत अनुदानमा ट्रयाक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्रयाक्टरको प्रयोग बढाएका हुन् । जिल्ला कृषि विकास कार्यालयले गत असोज महिनामा थप २० वटा हाते ट्रयाक्टर वितरण गरेको छ । यस आर्थिक बर्षमा कृषि प्रसार कार्यक्रम अन्तरगत २० वटा हाते ट्रयाक्टर केहि महिना […]

नेपालमा अण्डाको उत्पादन २५ प्रतिशतले घट्यो

चितवन । नेपालमा विगत एक दशकयता वैधानिक रुपमा बिक्री गर्नका लागि छिमेकी मुलुकबाट अण्डा आयात गरिएको छैन ।देशको उत्पादनले माग धानिरहेको व्यवसायीले बताइरहेका छन् । सरकार औपचारिक रुपमा नेपाल अण्डामा आत्मनिर्भर भएको भनेर घोषणा गर्ने तयारीमा छ । तर यतिबेला अण्डाको उत्पादन भने निकै घटेको छ । सरकारको तथ्याङ्क अनुसार ६४ जिल्लामा २१ हजार ९५६ […]

सिन्धुलीका किसान मौरीपालनतर्फ आकर्षित

सिन्धुली। सिन्धुलीमा व्यावसायिक मौरीपालक किसानको संख्या बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गर्न थालेसँगै मौरीपालन गर्नेको संख्या बढ्दै गएको हो । मौरीपालनबाट श्रमअनुसारको आम्दानी हुने किसानहरू बताउँछन् । कतिपय किसानले वार्षिक ६५ देखि ७० घार मौरी बिक्रीसमेत गर्ने गरेका छन् । एक घार मौरीले वर्षमा १५ केजीसम्म मह उत्पादन […]

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

पाल्पा । पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । दसँै–तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ । विशेषगरी […]

डडेल्धुरामा उत्पादित बीउको मूल्य निर्धारण

डडेल्धुरा।डडेल्धुरामा उत्पादन गरिने कृषि तरकारीको बीउको मूल्य निर्धारण गरिएको छ ।बीउ व्यवसायी र किसानबीच बजार व्यवस्थापनसम्बन्धी गरिएको अन्तरक्रियामा तरकारीको बीउको मूल्य निर्धारण गरी खरिद बिक्री गर्ने दुई पक्षीय सम्झौता गरेको छ । डडेल्धुरामा उत्पादित सिमी प्रतिकिलो १६०, भिण्डी १२०, बोडी २००, केराउ १२०, मूला २१०, चम्सुर १५०, रायो, पालुंगो, धनिया र स्विसचार्ड २०० रुपैयाँ तोकिएको […]

तिहारमा मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिए

मुस्ताङ। नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिएका छन् । दसँैभन्दा तिहारमा एकदमै न्यून मात्रामा च्याङ्ग्रा बाहिरिन्छन् । दसँैमा यसबर्ष २१ हजार भेडाच्याङग्रा निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सिमाना घासाबाट हरेक दसैँ र तिहारमा जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । […]

कृषि टेलिभिजनको औपचारीक घोषण

काठमाँडौ। किसानको सम्मान, स्वाभिमान राष्ट्र निर्माण, आर्थिक समृद्धिका लागि कृषिको विकास हाम्रो अभियान भन्ने मूल उद्घोषका साथ नेपालमै पहिलो पटक कृषि टेलिभिजनको आज औपचारिक रुपमा घोषणा गरिएको छ । जब सम्म कृषि कर्म गर्ने आम किसानको सम्मान हुदैन तब सम्म कृषि पेशा प्रति आम जनताको अभिरुची पनि हुदैन, कृषि कर्मलाई मर्यादित, सम्मानित र व्यवस्थित बनाउदै […]

अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न अर्गानिक फार्म हाउस सञ्चालन

काठमाडौं । अर्गानिक उत्पादनको प्रवद्र्धनका लागि ‘पञ्चकन्या अर्गानिक फार्म हाउस’ शनिवारदेखि पानीपोखरी(महाराजगञ्ज)मा बिक्री केन्द्र शुभारम्म गरेको छ ।नुवाकोटको पञ्चकन्या गाविसमा उत्पादित चामल, तरकारी र मल पाइने सो हाउसको जिल्लाका पूर्व सांसद् गणेश पण्डितले शुभारम्भ गरेका हुन् । नेता पण्डितले रसायनिक मलको प्रयोगबाट मुलुकको कृषि उत्पादन र जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको सन्दर्भमा यस्ता कार्यलाई अभियानका रुपमा […]

मकवानपुरको किवी उत्कृष्ट

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा खेती गरिएको किवी स्वाद तथा पौष्टिक तत्वका हिसावले उत्कृष्ट रहेको बताइएको छ । उद्योग वाणिज्य सङ्घले किवी खेतीको विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले अन्तरराष्ट्रिय गुणस्तरको किवी खेती मकवानपुरमा गरिएको बताएका हुन् । एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्र थाहानगर र नामटारमा भइरहेको किवी खेतीको विषयमा छलफल […]