समाचार

किसानको प्रश्न “राष्ट्रिय किसान आयोग कहाँ छ ?”

तम्घास। गाडी किन्ने सर्तमा ऋण दिने बैंकले कृषि खेतीका लागि ऋण दिँदैनन्, जसले गर्दा कृषिमा आवश्यक लगानी जुट्न सकेको छैन”, गुल्मीको रेसुङ्गा नगरपालिका–१२ का कृष्ण बस्नेतले भन्नुभयो, “कृषिमा अनुदान होइन, आवश्यक ऋण दिए जिल्लालाई चाहिने तरकारी उत्पादन गर्छौं ।” राष्ट्रिय किसान आयोग, काठमाडौँद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले किसानका धेरै समस्या भए पनि समाधानका लागि […]

अण्डा बेचेर मासिक चार लाख

बागलुङ। बागलुङ नगरपालिका–१३ पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’मा अहिले चार हजार ६०० ‘लेयर्स’ जातका कुखुरा छन् । कुखुराले दैनिक चार हजार अण्डा दिन्छ । अण्डा बेच्दा मासिक रू. १२ लाखको कारोबार हुन्छ । एउटा अण्डाको मूल्य रू. दश पर्छ । एक पेटी अण्डा रू। दुई हजार १०० मा विक्री हुन्छ […]

कृषि उद्यम केन्द्रको रुपमा परिचित बन्दै – मकवानपुर

हेटौंडा। केन्द्र सरकारको कृषि नीति, प्रदेश सरकारको किसान लक्षित कार्यक्रम र स्थानीय तहको प्रभावकारी व्यवस्थापनले कृषि पेशामा युवाहरुको समेत आकर्षण बढ्दो छ । प्रदेश नं ३ को राजधानीसमेत रहेको मकवानपुरमा हेटौंडा उपमहानगरपालिका अर्को एक नगरपालिका र आठ गाउँपालिकासहित १० स्थानीय तहहरु छन् । जिल्लाका हेटौंडाबाहेक सबै पालिकाको आम्दानीको मुख्य स्रोत कृषि तथा पशुपालन नै हो […]

कृषि व्यवसाय प्रर्वद्धन गर्दै प्रदेश १ सरकार, कुखुरा ह्याचरी स्थापना देखि गाई तथा बाख्रा पालन सम्म अनुदान

विराटनगर। प्रदेश नं १ सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष ७६ ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यविधि अनुसारको ढाँचामा प्रस्ताव दर्ता गरी समावेश हुन ईच्छुक कृषक, कृषि सहकारी […]

सुन्तला उत्पादनमा बृद्धि

चरिकोट । दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वार्षिक रुपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो । मेलुङ गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ […]

बजार पठाउन भ्याइनभ्याइ, बागलुङमा उत्पादन भएको किबी

गलकोट। अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ । निसिखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष […]

हिउँ परेसंगैं किसान उत्साहित

सोलुखुम्बु। मङ्सिरमा परेको हिउँले किसान उत्साहित भएका छन् । समयमै परेको हिउँले खेतबारीमा लगाइएको गहुँसहितका अन्नबाली र तरकारी खेतीका लागि चिस्यान पुग्ने भएपछि किसान खुशी भएका हुन् । सुख्खाग्रस्त क्षेत्रमा बाली फष्टाउने र उत्पादन बढ्ने सम्भावना देखिएको पात्लेका किसान डेण्डी शेर्पाले बताउनुभयो । विगतका वर्षमा पुस अन्तिममा मात्रै हिउँ पर्ने क्षेत्रमा पनि यस वर्ष मङ्सिरमै […]

‘एक वडा, एक उत्पादन’ कार्यक्रम संचालन गर्दै घोराही उपमहानगरपालिका

दाङ। घोराही उपमहानगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका वडालाई ‘एक वडा, एक उत्पादन’को कार्यक्रम शुरू गरेको छ । कृषि शाखाले दिएको जानकारीअनुसार वडाभित्र छरिएर गरिएका उत्पादनलाई एकीकृत गर्नका लागि एक वडा एक उत्पादनको कार्यक्रम शुरू गरिएको हो । चालू आर्थिक वर्षदेखि शुरू गरिएको कार्यक्रममा नगरका १९ वडामध्ये पहिलो चरणमा ९ वडा मात्रै सहभागी भएका छन् । […]

स्याङ्जाको सुन्तला चीन निर्यात गर्न छलफल

स्याङ्जा। स्याङ्जाको सुन्तला चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्नका लागि अपनाउन सकिने रणनीतिबारे स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाको कार्यक्षेत्रभित्रका तथा सम्भावित क्षेत्रका नगरपालिका, गाउँपालिकाका प्रमुख एवं सम्बन्धित वडाध्यक्षसँग सुन्तलाको गुणस्तरका विषयमा छलफल गरिएको प्रधानमन्त्री कुषि आधुनिकीकरण परियोजना […]

माग अनुसार टर्की चराको उत्पादन हुन सकेन

वीरगञ्ज। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले उपभोक्ताहरुको मागअनुसार टर्की चराको उत्पादन गर्न नसक्दा यसको मासु खाने पौरखीहरु यसको मासु खानबाट वञ्चित भएका छन् । खानमा स्वादिलो तथा पौष्टिक तत्व प्रचुर मात्रामा रहेकाले यसको माग बढ्दै गए पनि केन्द्रले मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेपछि यसको मासु खाने पारखीहरु वञ्चित भएका छन् । सरकारी स्तरमा […]