समाचार

खोरिया फाँडेर केरा खेती : बाँझिएको जमीन हरियाली बन्दै

गलेश्वर। कोरना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौँदेखि बाँझो रहेको जमीनलाई हरियाली बनाउन शुरु गरेका छन् । अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छाडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमीन र खोरियाखर्कमा परिश्रम गरिरहेका भेटिन्छन् । म्याग्दीको बेनी नगरपालिका, मालिका, मङ्गला, धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा […]

कोरोनापछिको आर्थिक विकासमा कृषि र वन क्षेत्रको भूमिका

“कोरोनालाइ कहर हैन, अवसरको रुपमा स्थापित गरौं बाँझो जग्गा, खेतियोग्य जमिनको सदुपयोग र वन क्षेत्रको दिगो व्यवस्थापन गरौँ ।” सन् २०१९ को नोभेम्बर महिनामा चीनको वुहान प्रान्तबाट देखिएको कोरोना भाइरस हाल विश्वका दुई सय १० भन्दा बढी देशमा महामारिको रुपमा फैलिएको छ । विश्वका शक्तिशाली तथा आर्थिक प्राविधिक रुपमा सम्पन्न राष्ट्रदेखि गरिब तथा अल्पविकसित राष्ट्रहरु […]

वैदेशिक रोजगारी त्यागी प्राङ्गारिक तरकारी खेतीमा

परासी। पछिल्लो समय तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो छ । व्यावसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१३ स्थित धनेवाका एक युवकले वैदेशिक रोजगारी छाडेर गाउँमै अर्गाानिक तरकारी खेती गर्नुभएको छ । छोटो समयमै उहाँले राम्रो आम्दानी गर्नुभएको छ । रासायनिक विषादीको प्रयोग गरिएका तरकारीले स्वास्थ्यमा […]

५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गर्दै गोदावरी नगरपालिका

ललितपुर। गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ विक्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनले बीउ खरीद गर्ने वातावरण नरहँदा नरपालिकाले सो सहयोगको योजना अघि बढाएको हो । नगरवासीलाई सहयोगस्वरुप केही राहत पुगोस् भनी बीउबिजनको व्यवस्था गरिदिन लागेको वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले […]

मकैबालीमा फौजी किराको प्रकोप

ओखलढुङ्गा। मकैबालीमा फौजीकिराको प्रकोप बढेपछि ओखलढुङ्गाका किसान चिन्तित भएका छन् । मकैको बिरुवामा फौजीकिराको सङ्क्रमण देखिएपछि ओखलढुङ्गाका किसान चिन्तित भएका हुन् । जिल्लाको मानेभञ्ज्याङ, चम्पादेवी, सुनकोशी, चिशङ्खुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकाको मकैबाली लगाइएको क्षेत्रमा फौजीकिराको प्रकोप देखिएको हो । चम्पादेवीको कालिका क्षेत्रका किसानले लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको वडा नं ३ का वडाध्यक्ष बलबहादुर […]

मूल्य घटेसँगै अण्डाको माग उच्च

चितवन। कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् । ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट रु. १५० सम्ममा झरेको अण्डाको मूल्य आज रु. २७० पुगेको छ […]

साईलेज उद्योग खोल्ने हो ? २ करोड सम्म अनुदान पाईन्छ है

विराटनगर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ ले आर्थिक वर्ष ७६ /७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रर्वद्धन कार्यक्रम अन्र्तगत साईलेज प्रविधिमा यान्त्रिकरण अनुदान सहयोग कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले सूचना प्रकाशित गरी ईच्छुक सहकारी संस्था, व्यवसायीक फर्म, नीजि उद्यमी, व्यवसायीलाई सूचना प्रकाशित भएको मितले १५ […]

कागती खेती गर्नेलाई ७५ प्रतिशत अनुदान दिंदैं माडी नगरपालिका

चितवन। माडी नगरपालिकाले कागती खेती गर्ने किसानलाईलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले सूचना प्रकाशित गरी अनुदान विरुवा, तालिम अथवा खाडल खन्ने र रोप्ने कार्यक्रमा प्रयोग गर्न सकिने जनाएको छ । कागती खेती गर्न ईच्छुक किसानले सूचना प्रकाशित भएको मितिले १ हप्ता भित्र सम्पर्क गर्न सक्नेछन्। संचालन हुने कार्यक्रमहरु : १. कागती प्रर्वद्धन […]

प्रदेश-५ मा कृषिकर्मी रोजगार कार्यक्रम सुरु

बुटवल।  कोरोना भाइरसका कारण खाद्य संकट हुनसक्ने भन्दै त्यसलाई मध्यनजर गरी कृषि उत्पादन बढाउन प्रदेश सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सुरु गरेको छ। प्रदेश-५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निजी र सरकारी फर्ममा काम गर्नेलाई सरकारले तोकेको पारिश्रमिकमा अनुदान दिने गरी कृषिकर्मी रोजगार कार्यक्रम ल्याएको हो। मन्त्रालयले तयार पारेको कृषिकर्मी सम्बन्धी कार्यविधि मन्त्रिपरिषदले स्वीकृत […]

बाँकेमा भारतीय तरकारी बिक्री वितरणमा रोक

खजुरा। बाँकेका स्थानीय तहले भारतीय तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले बिक्री वितरणमा रोक लगाएका हुन् । बाँकेसँग जोडिएको भारतको उत्तर प्रदेशका जिल्लामा कोरोनाको सङ्क्रमण बढ्दो रहेकाले पनि भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको […]