समाचार

बाँकेमा भारतीय तरकारी बिक्री वितरणमा रोक

खजुरा। बाँकेका स्थानीय तहले भारतीय तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले बिक्री वितरणमा रोक लगाएका हुन् । बाँकेसँग जोडिएको भारतको उत्तर प्रदेशका जिल्लामा कोरोनाको सङ्क्रमण बढ्दो रहेकाले पनि भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको […]

लकडाउनले धरापमा पोल्ट्री व्यवसाय

कर्णाली। लकडाउनले कर्णाली प्रदेशका कुखुरापालक किसान व्यवसाय धरापमा परेका छन् । कुखुरा तथा अण्डा खपतको प्रमुख क्षेत्र नै बन्द भएपछि कुखुरापालक किसानको व्यवसाय डुब्ने अवस्थामा पुगेको हो । सबैभन्दा बढी कुखुरा खपत हुने कर्णाली प्रदेशको राजधानी सुर्खेतका होटल तथा बजार लकडाउनका कारण बन्द भएपछि कुखुरापालक किसानको व्यवसायमा धरापमा परेको कुखुरापालक व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष जनक […]

विद्यार्थीको तरकारी बारीमै सड्दै

लम्की। टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् । इन्स्टिच्युट परिसरमै खेती गरेका उनीहरुको बारीमा दैनिक पाँच क्विन्टल गोलभेंडा निस्कन्छ । पकेट खर्च निकाल्न खेती गरेका विद्यार्थी निराश भएका छन् । ‘‘हामी विभिन्न तरकारी खेती गर्छौँ, यस वर्ष पनि […]

बारीका तरकारी कुहियो, बजारमा अभाव

खोटाङ। खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी विक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ । स्थानीय बासिन्दा अहिले चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । यसअघिसम्म […]

कोरोना कहर : १ महीनामै दुई करोडको च्याउ नोक्सान

दमक। कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा एक महीनाको अवधिमा झापामा करीब रू. दुई करोडबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान संघका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पुर्‍याउन नसक्दा सो मूल्य बराबरको क्षति पुगेको जानकारी दिए । जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा १०० भन्दा बढी किसानले व्यावसायिक रुपमा […]

पढ्दै खेतीकर्ममा

जीतपुर। उमेरले भखैरै ११ वर्ष टेक्नुभएका कपिलवस्तुका राहुल साहनी पर्यटन पथप्रदर्शक काम गर्नुहुन्छ । साहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्नुहुन्छ । एकरदुई मात्र होइन, नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान उहाँलाई छ । कपिलवस्तु नगरपालिका– ३ शिवगढमा जन्मी सिद्धार्थ विद्या मन्दिरमा […]

लकडाउन सदुपयोग : झाडी फाँडेर मकै, बाँझो जमीनमा केरा

बलेवा। बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन शुरु भएपछि घर फर्किनुभयो । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता यतिका धेरै समय बस्ने गरी गएको यो पहिलोपटक हो । र छोडेर बजारमा बस्न थालेपछि उहाँको घरछेउको बारी कोतर्ने कोही थिएनन् । न त घरमा खेती गरेर खानसक्ने कोही बस्थे । राजु बजार झरेसँगै घर […]

मकै रोप्न व्यस्त किसान

जाजरकोट। मौसममा आएको फेरबदलसँगै गहुँबाली भित्र्याएका कृषक अहिले मकै रोप्न व्यस्त भएका छन् । कोरोनाको त्राससँगै ‘लकडाउन’को पालना गर्दै यहाँका कृषकले आफ्नो खेतीपातीको कामलाई गति दिएका हुन् । मानो रोपेर मुरी उब्जाउने समयलाई सदुपयोग गर्दै जाजरकोट र रुकुम पश्चिमका कृषक अहिले मकै रोप्न व्यस्त भएका हुन् । आफ्नो खेतबारीमा गोठेमल राख्नेदेखि गोरुको सहायताले मकै रोप्ने […]

गाउँबस्तीका बाँझा जमिनमा उत्पादनको अवसर

ललितपुर। धेरै वर्षपछि ठीक समयमा उपयुक्त मनसुन र जनशक्तिको उपलब्धताले ग्रामीण भेगमा यस वर्ष बर्खे खाद्यान्न उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दी (लकडाउन) का कारण बिचल्लीमा परेका श्रमिक घर फर्किएर बाँझो जमिन खनीखोस्री बालीनाली लगाउन शुरु गरेका रामेछाप सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा बताउनुभयो […]

भारतबाट तरकारी र फलफूलको आयात उच्च

ललितपुर। बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ । गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा रु.६२ करोड ८५ लाख ९८ हजार बराबरको तरकारी तथा फलफूल आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ५० करोड ८९ लाख २३ बराबरको […]