समाचार

लकडाउनको साथी बन्दै करेसाबारी

बनियानी। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ । विभिन्न पेशा–व्यवसाय गर्नेको अहिले फुर्सदिला भएका छन् । उनीहरुको साथी अहिले करेसाबारी बन्न थालेको छ । फुर्सदिलो समयको सदुपयोग हुनुका साथै दैनिक आवश्यक पर्ने तरकारी पनि उत्पादन हुने भएकाले अहिले अधिकांश मानिस करेसाबारीमा ब्यस्त देखिन थालेका छन् । […]

किसानको राहत प्याकेज मन्त्रिपरिषद्‍मा रोकियो, दोस्रो विकल्पबाट राहत दिने तयारी

ललितपुर । कोरोनाभाइरसको सङ्क्रमण रोक्न लगाइएको लकडाउनका कारण मारमा परेका किसानलाई राहत दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा रोकिएपछि दोस्रो विकल्पबाट राहत दिने योजना अघि सारिएको बताइएको छ। खासगरी कुखुरा – अन्डा र दूध उत्पादनलाई लकडाउनले निकै प्रभावित पारेको ठहर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राहत प्याकेजको प्रस्ताव तयार गरेको जनाइएको थियो। त्यो प्रस्ताव मन्त्रिपरिषद्‌मा प्रस्तुत भएको […]

गाउँपालिकाले नै गहुँ काटेपछि

राजविराज । सप्तरीको तिलाठी कोइलाडी–७ का रामकिसुन यादव आफ्नो खेतमा फलेको गहुँ देखेर दङ्ग छन् । गहुँको बाला सबै निहुरिएकोमा त उनको खुशीको सीमा नै छैन । ठूलो बाला र धेरै दाना भएकाले गहुँको बाला निहुरिएका छन् तर यादवको शिर भने ठाडो भएको छ । यसरी गहुँ हौसिएर आए पनि समयमा काट्न नपाउँदा भने यादव […]

कोरोनाको कहरः दैनिक २२ करोड नोक्सान बेर्होदै पोल्ट्री क्षेत्र

चितवन । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण उत्पन्न यो अवस्था टुलुटुलु हेरेर बस्नु […]

उत्पादित तरकारी जिल्लाभित्रै खपत

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा व्यावसायिकरूपमा तरकारी खेती हुन्छ । यहाँका करिब ५०० भन्दा बढी कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्छन् । उत्पादित तरकारी तनहुँभन्दा पनि बाहिरी जिल्लामा बढी मात्रामा निर्यात हुने गरेकामा लकडाउनपछि उत्पादित तरकारीले बाहिरी जिल्लामा बजार पाएको छैन । बाहिरी जिल्लामा तरकारी निर्यात नभएपछि तरकारी कृषक सङ्गठित भएर स्थापना भएको मिलीजुली कृषि उत्पादक […]

किसानको गुनासो अव फोन बाटै सम्बोधन

ललितपुर। कोरोना भाईरस (कोभिड १९) का कारण पशुपालनमा समस्या भागेका किसानले अव फोनबाटै आफ्नो समस्याको समाधान पाउने भएका छन । पशु चिकित्सकहरुको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसनले भिडयो एवं फोनबाटै किसानलाई सेवा दिने भएको हो । लकडाउनको समयमा किसानहरुले सहज रुपमै सेवा पाउन भन्ने उदेश्ले फोन सेवा संचालन गरिएको एशोसिएसनले जनाएको छ ।

७ वर्षकै उच्च विन्दुमा पुग्यो चामलको मूल्य

एजेन्सी। चामलको भाउ ७ वर्षकै उच्च विन्दुमा उक्लिएको छ । कोरोना भाइरसको महामारीका कारण आयातकर्ताहरू चामल भण्डारण बढाउन लागेका छन् भने निर्यातकर्ताहरूले निर्यातमा कडाइ गरेका छन् । यस्तोमा माग बढेसँगै मूल्य पनि बढेको हो । थाइ चामल निर्यातकर्ताहरुको संगठनका अनुसार ५ प्रतिशत टुक्रिएको चामलको मूल्य मार्च २५ देखि अप्रिल १ को बीचमा १२ प्रतिशतले बढेको […]

हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास

लुम्बिनी। भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा मात्र नभएर कैयौँ बोरा तरकारी भित्रिन्छ हरेक दिन । उनीहरु नेपाल भित्रिएपछि अहिले पनि मानिसको भीड एकाएक जम्मा हुन्छ र तरकारीको किनबेच हुने गर्छ । घरको ढोकाढोकामा तरकारी […]

कोरोना प्रभावित किसानलाई राहत कार्यक्रम, के- के छ प्याकेजमा

ललितपुर । साना देखि ठुला किसानलाई लक्षित गरी कृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना भाईरसबाट पीडित किसानलाई राहत कार्यक्रमको लागि प्रस्ताव मन्त्री परिषदमा पठाएको छ । साना किसान लक्षित गरेर दुध बेच्ने किसानलाई एक महिना सम्म प्रतिलिटर दूधमा १० रुपैयाँ अनुदान दिने भएको छ । त्यस्तै ५०० भन्दा कम ब्रोईलर कुखुरा पाल्ने कृषकलाई अर्को पटकको […]

व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित

राजविराज । कोराना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री हुन नसकेको हो । स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूले बताएका छन् । सप्तरीको हनुमाननगर […]