मूल्य घटेसँगै अण्डाको माग उच्च
चितवन। कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् । ढुवानीमा अलमल हुँदा मूल्य घटेर प्रतिक्रेट रु. १५० सम्ममा झरेको अण्डाको मूल्य आज रु. २७० पुगेको छ […]





