
ललितपुर। कृषिमा बढ्दो घाटा कम गर्न सरकारले कृषि उत्पादनको सुरुमै न्यूनतम लागत मूल्य तोक्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताउनुभएको हो ।
उहाँले कृषकहरूले उत्पादन गरेको कृषि उपजमा घाटा नपर्ने गरी न्यूनतम मूल्य तोकिने बताउनुभएको हो । यसै गरी सरकारले नीति तथा कार्यक्रममा सघन खेती प्रणालीको विकास गर्ने जजनाएको छ । यसका साथै सरकारले स्वदेशी उत्पादनको प्रयोग गरौँ भन्ने अभियानलाई स्थानीय तहको वडासम्म पु¥याउने भएको छ ।