समाचार

बाँझो जमीन खनजोत गर्नेलाई अनुदान दिदैं गाउँपालिका

हेटौंडा। पाँच वर्षभन्दा बढी अवधिदेखि बाँझो रहेको खेतीयोग्य जमीनको पुन : प्रयोग गर्न मकवानपुरगढी गाउँपालिकाले भू–उपयोग कार्यविधि कार्यान्वयनमा ल्याएको छ । विभिन्न कारणले बाँझिएका खेतबारीलाई खनजोत गरी प्रयोगमा ल्याउन खेतीको प्रकृति हेरेर अनुदान रकम उपलब्ध गराइने गरी कार्यविधि पास भएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । कोरोनाको जोखिमले गाउँ फर्किएका एवं फर्कन चाहने नागरिकलाई […]

पकेट क्षेत्र घोषणासँगै कृषि उत्पादनमा वृद्धि

जाजरकोट। भेरी नगरपालिकाको सहयोगमा कालेगाउँका कृषकले गहुँको बीउ उत्पादन गरेका छन् । करिब पाँच हेक्टर जमिनमा गहुँ लगाएर उनीहरुले १०० क्विन्टल बीउ उत्पादन गरेको भेरी नगरपालिका कृषि शाखाका भोला खत्रीले जानकारी दिनुभयो । भेरी नगरपालिका–१ कालेगाउँका कृषकले अब आफैँ गहुँको बीउ उत्पादन गरेर बाहिर निर्यात गर्ने अवस्थामा पुगेको स्थानीयवासी सहदेव बस्नेतले जानकारी दिनुभयो । गहुँको […]

माग र मूल्य दुवै घट्दा पोल्ट्री व्यवसायी मारमा

म्याग्दी। बेनी नगरपालिका–२ बगरफाँटका डेकबहादुर कार्कीको फार्ममा करिब दुई हजार कुखुरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फार्ममा राखिएका ब्रोइलर कुखुराका चल्ला हुर्कँदै जाँदा खुशी हुनुपर्नेमा निराश हुनुहुन्छ । लकडाउनसँगै बजारमा कुखुराको माग र मूल्य दुवै घटेपछि कार्की निराश बनेका हुन् । दुई हजार ३५० वटा कुखुराका चल्ला र […]

प्रतिकूल मौसम र महामारीसँग जुध्दै किसान

राँझा। प्रतिकूल मौसमका कारण हिउँदे खेतीमा करिब ५० प्रतिशत उत्पादन गुमाएका बाँकेका किसान बिक्री वितरणको बेला अहिले बन्दाबन्दीको मारमा परेका छन् । कषिलाई नै मुख्य पेशा बनाउँदै आएका डुडुवा गाउँपालिका–६ हिरमिनियावासी यतिबेला निराश देखिन्छन् । खेती स्याहार्ने र तरकारी लगाउने याम मङ्सिरदेखि फागुनसम्म अत्यधिक वर्षाका कारण उत्पादन ह्वात्तै घटेको छ । उत्पादित हिउँदे तरकारी देशमा […]

ओखर खेती विस्तार गर्न नयाँ जातका बिरुवा टर्कीबाट ल्याइयो

ललितपुर।  व्यावसायिक ओखर खेतीका लागि ‘च्यान्डलर जात’का १५ हजार बिरुवा खरिद गरिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण, कृषि सडक, कृषि सिँचाइलगायत आयोजनाको अनुदान रकमबाट ती बिरुवा खरिद गरिएको हो । जिल्लामै पहिलो पटक टर्कीबाट रु एक करोड १२ लाख ५० हजार रकमबराबरका ती जातका ओखरका बिरुवा ल्याइएको कृषि कार्यालयले जनाएको छ । कृषकको मागअनुसार बिरुवा […]

खोरिया फाँडेर केरा खेती : बाँझिएको जमीन हरियाली बन्दै

गलेश्वर। कोरना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौँदेखि बाँझो रहेको जमीनलाई हरियाली बनाउन शुरु गरेका छन् । अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छाडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमीन र खोरियाखर्कमा परिश्रम गरिरहेका भेटिन्छन् । म्याग्दीको बेनी नगरपालिका, मालिका, मङ्गला, धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा […]

कोरोनापछिको आर्थिक विकासमा कृषि र वन क्षेत्रको भूमिका

“कोरोनालाइ कहर हैन, अवसरको रुपमा स्थापित गरौं बाँझो जग्गा, खेतियोग्य जमिनको सदुपयोग र वन क्षेत्रको दिगो व्यवस्थापन गरौँ ।” सन् २०१९ को नोभेम्बर महिनामा चीनको वुहान प्रान्तबाट देखिएको कोरोना भाइरस हाल विश्वका दुई सय १० भन्दा बढी देशमा महामारिको रुपमा फैलिएको छ । विश्वका शक्तिशाली तथा आर्थिक प्राविधिक रुपमा सम्पन्न राष्ट्रदेखि गरिब तथा अल्पविकसित राष्ट्रहरु […]

वैदेशिक रोजगारी त्यागी प्राङ्गारिक तरकारी खेतीमा

परासी। पछिल्लो समय तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो छ । व्यावसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१३ स्थित धनेवाका एक युवकले वैदेशिक रोजगारी छाडेर गाउँमै अर्गाानिक तरकारी खेती गर्नुभएको छ । छोटो समयमै उहाँले राम्रो आम्दानी गर्नुभएको छ । रासायनिक विषादीको प्रयोग गरिएका तरकारीले स्वास्थ्यमा […]

५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गर्दै गोदावरी नगरपालिका

ललितपुर। गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ विक्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनले बीउ खरीद गर्ने वातावरण नरहँदा नरपालिकाले सो सहयोगको योजना अघि बढाएको हो । नगरवासीलाई सहयोगस्वरुप केही राहत पुगोस् भनी बीउबिजनको व्यवस्था गरिदिन लागेको वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले […]

मकैबालीमा फौजी किराको प्रकोप

ओखलढुङ्गा। मकैबालीमा फौजीकिराको प्रकोप बढेपछि ओखलढुङ्गाका किसान चिन्तित भएका छन् । मकैको बिरुवामा फौजीकिराको सङ्क्रमण देखिएपछि ओखलढुङ्गाका किसान चिन्तित भएका हुन् । जिल्लाको मानेभञ्ज्याङ, चम्पादेवी, सुनकोशी, चिशङ्खुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकाको मकैबाली लगाइएको क्षेत्रमा फौजीकिराको प्रकोप देखिएको हो । चम्पादेवीको कालिका क्षेत्रका किसानले लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको वडा नं ३ का वडाध्यक्ष बलबहादुर […]