समाचार

मकै वालीमा लाग्ने फौजी किरा (Fall armyworm) रोकथाम गर्ने उपायहरु

क. कीरा लाग्न नदिन अपनाउन सकिने उपायहरु (Prevention) मकै रोप्ने समयमा परिवर्तन गर्नेः वीउ छर्ने समयको हेरफेर गरी अघौटे वा पछौटे मकै बालीका जातहरु लगाएर कीराको उच्च घनत्व हुने समय छल्न सकिन्छ । तर एकै खेतमा विभिन्न समयमा मकै रोप्ने कार्य गर्दा कीरालाई निरन्तर लामो समयसम्म खाना उपलव्ध हुने भएकोले यस्ता कार्य भने कदापी गर्नु […]

अनुमति बिना महङ्गोमा मल बिक्री गर्दै कृषि फार्म

गोरखा। अनुमति बिना नै यहाँका एक कृषि फार्मले महङ्गो मूल्यमा कृषकलाई रासायनिक मल बिक्री गर्दै आएको पाइएको छ । भीमसेन थापा गाउँपालिका–१ निवेलस्थित हिमालय एग्रो फार्मले विभिन्न सहकारीबाट रासायनिक मल खरिद गरेर कृषकलाई महङ्गो मूल्यमा बिक्री गर्दै आएको पाइएको हो । कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल र्पुयाउनुपर्ने हुन्छ । तर अधिकांश […]

बाँझो जग्गा नराख्ने अभियान शुरु, लगानीको ५० प्रतिशत अनुदान दिइने

तनहुँ। शुक्लागण्डकी नगरपालिका क्षेत्रका बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा शुरु गरिएको छ । कोभिड–१९ बाट सुरक्षित हुन नेपाल सरकारले गरेको लक डाउनका कारण जनजीवन प्रभावित हुँदै गएपछि बाँझो जग्गा नराख्ने अभियान शुरु गरिएको हो । उक्त अभियानअन्तर्गत शुक्लागण्डकी– ८ ले लगानीको ५० प्रतिशत अनुदान प्रदान गरी अभियान शुरु गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । […]

असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान

दार्चुला। असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन् । डेढ हप्तादेखि दार्चुलामा असिनापानी परिरहेको छ । अहिलेको असिनापानीले अन्नबाली पूरै सखाप परेको नौगाड गाउँपालिका–३ का धनसिंह सितोलीले बताउनुभयो । “अन्नबालीसँगै […]

गोदाममै थन्कियो करोडौँको अदुवा, लगानी डुब्ने चिन्तामा व्यापारी

डोटी। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा संकलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन । लामो समयदेखि लकडाउन भएका कारण संकलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् । कोरोना भाइरसको कहरका कारण अदुवा भारत निकासी गर्न समस्या भएपछि करोडौँ मूल्यको अदुवा जिल्लाको बडिकेदार गाउँपालिका बिपीनगरको […]

लकडाउन प्रभाव : जडिबुटी खेती र निकासी प्रभावित

बाँके। जडिबुटी संकलन, प्रशोधन र निकासीको केन्द्र बाँकेको जटिबुटीको खेती लामो समयको बन्दाबन्दीले प्रभावित भएको छ। सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका र नेपालको आर्थिक विकासका लागि अन्य ३० प्रजातिका जडिबुटी यहाँ व्यावसायिकरुपमा खेती गर्ने गरिएको छ। प्राथमिकतायुक्त प्रजातका जडिबुटीलाई प्रविधि विकासका माध्ययमबाट व्यावसायिक खेतीका लागि सिफारिस गरिएको हो भने सरकारले सिफारिस गरेकै आधारमा ‘औषधीय वा […]

सरकारी कम्पनीलाई गहुँ बेच्न उत्साहित देखिएनन् किसान, समर्थन मूल्यभन्दा बढी दिँदै व्यापारी

लम्की। सरकारको समर्थन मूल्यभन्दा केही बढी स्थानीय व्यापारीले दिन थालेपछि किसानहरू सरकारी कम्पनीलाई गहुँ बेच्न उत्साहित देखिएका छैनन्। समर्थन मूल्य तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको धनगढी कार्यालयले टीकापुरका दुई स्थानबाट किसानको खरिद सुरु गरे पनि अपेक्षित परिमाणमा किन्न पाएको छैन। सत्तीमा गत सोमबार र खाद्य गोदाममा बुधबारदेखि काँटा लगाई कम्पनीले खरिद सुरु गरेको हो। […]

वर्षात‍्ले बारीमै कुहियो गहुँबाली

सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका किसानका गहुँबाली लगातारको वर्षात्ले बारीमै कुहिन थालेको छ । हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल, अमलसेनी, खोर्रे, मुरलीगाउँका १६२ घरधुरी किसानको गहुँबाली नष्ट भएको सोही वडाका स्थानीय किसान हेमन्तप्रकाश ओलीले जानकारी दिए । “हाम्रो ४६२ रोपनी क्षेत्रफलमा लगाएको गहुँबाली भित्र्याउन नपाएर बारीमै कुहिएको छ”, उनले भने, “यसबाट ७५१ क्विन्टल (७५ […]

लकडाउन खुकुलो : शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालन गर्न पाउने

ललितपुर। सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो । खोल्न मिल्ने उद्योगहरुमा : खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरु, दूध तथा दुग्ध […]

अझै पाएनन् उखु किसानले भुक्तानी

नवलपरासी। उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताए । समितिका अनुसार वाग्मती चिनी उद्योगले २५ करोड रूपैयाँ, लुम्बिनी चिनी उद्योगले […]