समाचार

कर्णाली सरकारद्वारा बाँझो जमिनमा खेती कार्यक्रम सुरु

सुर्खेत। कोरोना संक्रमणका कारण उत्पन्न खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको छ । हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउँदै आएको प्रदेश सरकारले सोही अवसरमा बाँझो रहेका जमिनलाई जोतेर खेती गर्ने कार्यक्रमलाई अगाडि बढाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । बिहीबार सुर्खेतमा ट्याक्टरमा चढी आफैंले […]

५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्दै लहान नगरपालिका

सिरहा। लहान नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा विभिन्न फलफूलका विरुवा वितरण गर्ने भएको छ । यसका लागि नगरपालिकाले सूचना प्रकाशित गरी वडा कार्यलयको सिफारिस वा परिचयपत्र खुल्ने कागजात र जागसरकता सहित सम्पर्क गर्न आव्हान गरेको छ । वितरण गरिने फलफूलका विरुवा : १. आँप कलमी उन्नतजात २. […]

कागतीको बिरुवा रोप्नुहोस्, पैसा लैजानुहोस्

दमौली। तनहुँको शुक्लागन्डकी नगरपालिका वडा नम्बर १२ ले कागतीको बिरुवा रोप्ने कृषकलाई पैसा दिने भएको छ । वडामा सुचीकृत भई २५ वटाभन्दा बढी कागतीको बिरुवा रोप्ने कृषकलाई तीन वर्षसम्म प्रतिबिरुवा एक सय रुपियाँ दिने वडा कार्यलयले जनाएको छ । वडालाई कागतीमा आत्मनिर्भर बनाउन तथा कागती बिक्रीबाट कृषकको जीवनस्तर सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको वडा अध्यक्ष […]

जग्गा बाँझो नराख्ने अभियानमा किसानको साथ

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले शुरु गरेको जग्गा बाँझो नराख्ने अभियानमा किसानले साथ दिएका छन् । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै खेती गर्दा वडा कार्यालयले अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएका हुन् । तरकारी खेतीमा अनुदान दिने घोषणापछि यहाँका किसानले बाँझो रहेका जग्गामा तरकारी खेती शुरु गरेका छन् । उक्त वडाको लालिम निवासी टेकनारायण […]

कृषि र सुरक्षा बजेटलाई प्राथमिकता दिन सांसदहरुको माग

ललितपुर। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता भीमबहादुर रावलले कृषि उत्पादन र सुरक्षालाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सुझाव दिएका छन् । आव २०७७/ ७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा प्रतिनिधिसभा जारी छलफलमा भाग लिंदै उनले ‘कोरोनाका कारण रोजगारी गुमाएर ठूलो संख्यामा नेपाली स्वदेश फर्कने क्रममा रहेकाले उनीहरुलाई कृषिमा संलग्न गराउन नीति […]

‘कम्तीमा १५ प्रतिशत बजेट कृषि क्षेत्रमा होस्’ : राष्ट्रियसभा सदस्य

ललितपुर। राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा सुशासन कायम गर्दै श्रमिकको ज्याला बढाउने गरी आगामी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै सांसद गङ्गा कुमारी बेल्वासेले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको सिमानामा […]

कृषकमैत्री नीतिसहितको बजेट ल्याउन सुझवा

चिप्लेढुङ्गा। गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आर्थिक वर्ष २०७७/७८मा कृषकमैत्री नीति तथा बजेट ल्याउन मन्त्रालयलाई सुझावसहित निर्देशन दिएको छ । समितिले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरसँग छलफल गर्दै उक्त सुझाव दिएको हो । समितिका सभापति दिपक कोइरालाले अबको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई आधुनिकीकरण, वैज्ञानिकीकरण गर्ने व्यवस्था मिलाउन […]

गाउँपालिकाको कृषि अभियान : ४० मुरीभन्दा बढी धान फलाए एक लाख पुरस्कार

मिक्लाजुङ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो । यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको […]

खेतमै कुहिने भो तरबुजा, किसानको प्रश्न ऋण कसरी तिर्ने ?

वीरगञ्ज। वीरगञ्ज सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिकरुपमा खेती गरेका तरबुजा बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका करिब रु पाँच करोड मूल्यबराबरको खरबुजा खेतमै कुहिएको बताइएको छ । सिरहा नगरपालिका वडा नं १७ का करिब ५०० भूमिहीन किसानले कमलानदीको बगरमा करिब ५०० व्यावसायिकरुपमा […]

बारीमै कुहियो टमाटर, किसानको हरायो भोक निद्रा

भद्रपुर। लगानीको दोब्बर मुनाफा हुने आशाले १५ कठ्ठा जमीनमा टमाटरको व्यावसायिक खेती गरेका मेचीनगर–२ का रमेश दङ्गाल अहिले नबिकेर कुहिन लागेका टमाटर हेर्दै पुर्पुरोमा हात राख्दै छन् । कोरोना भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउनका कारण व्यापारीहरु आउन छाडेपछि टमाटर बारीमै खेर गएको छ । ‘बारीभरि टमाटर पाकेर राताम्य छन्, विक्री छैन’, बन्दाबन्दीको मार खेपिरहेका दङ्गाल […]