समाचार

कृषिजन्य वस्तुको निकासीमा गिरावट

ललितपुर। नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको पाइएको छ। नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवामा ठूलो परिणाममा गिरावट आएको छ। अवैज्ञानिक खेती प्रणाली भएकाले उत्पादन कम हुनु, निकासीमा समस्या देखिनुजस्ता कारणले निकासीमा गिरावट आएको कृषि विज्ञहरूको भनाइ छ। कृषिजन्य पदार्थको निर्यात कम भएसँगै त्यसबाट मुलुकमा भित्रिने आम्दानी पनि घटेको […]

भारी वर्षाको सम्भावना, स्थानीय मौसमी गतिविधि सक्रिय

ललितपुर। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अन्य स्थानमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो […]

हावाहुरीले बालीनाली सखाप, लाखौँको क्षति

खोटाङ । गएराति चलेको हावाहुरीले खोटाङमा लाखौँको अन्नबालीमा क्षति पुर्‍याएको छ । पानीसँगै चलेको हावाहुरीले मकै, फलफूल तथा रुखबिरुवा ढाल्दा लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पुगेको हो । बुधबार साँझदेखि रातभर चलेको हावाहुरीले सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा क्षति गरेको जनाइएको छ । पन्ध्र वडा रहेको नगरपालिकाको लेकाली भेगमा पर्ने वडा नं ११ खार्मीमा […]

हावाहुरीसहितको बर्षाले ७० लाखबढीको केराखेतीमा क्षति

नवलपुर। मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्याएको छ । हावाहुरीको कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए । कावासोतीको वडा नम्बर २, ३ […]

कृषिमा उत्पादन मात्र बढाएर हुन्छ र ?

नविनतम प्रविधिको प्रयोग र पर्याप्त लगानीको माध्यमद्वारा कृषि क्षेत्रमा सानो जनशक्तिको मद्दतले पनि ठूलो अर्थतन्त्रको विकास गर्न सकिन्छ । कुल जनसंख्याको झन्डै २ प्रतिशत जनता मात्र कृषिमा संलग्न रहेको देश इजरायल, यसको ज्वलन्त उदाहरण हो । अनुसन्धान प्रणालीको विकास ,आधुनिक प्रविधि र यान्त्रिकिकरण मार्फत कृषिको आन्तरिक ९५ प्रतिशत मागको पुर्ती गरि अमेरिकी तथा युरोपेली राष्ट्रहरुमा […]

एकिकृत माछा पालनः धान खेतमा माछा

सामान्यतया माछा सङ्गै अन्य कृषि जन्य बस्तुको पनि उत्पादन गर्नुलाई एकिकृत माछा पालन भनिन्छ । यस प्रविधिमा माछा र माछा संगै उत्पादन गर्न चाहेको बस्तुलाई एउटै समयमा उत्पादन गरिन्छ । धान खेतमा माछा पालन, केरा र माछा पालन, बंगुर संगै माछा पालन, हाँस संगै माछा पालन, कुखुरा संगै माछा पालन, पशु र माछा पालन आदि […]

जाँगरिला डिलबहादुर, जसले कमाउँछन् वार्षिक १२ लाख

गलकोट। माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् । जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित भएका डिलबहादुरको दुःख र सङ्र्घष भने सामान्य छैन । अझै आफ्नो धरातल बिर्सनुहुन्न र भन्छन्, “अहिले सङ्घर्षरत छु, साँच्चिकै […]

अनुदान पाएपछि बाख्रापालक किसान हर्षित

इनरुवा। सुनसरी रामधुनी नगरपालिका–८ का ५५ वर्षीय हरिप्रसाद खतिवडा करिब १२ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् । बाख्रासँगै रमाउने र बाख्राको आम्दनीबाट नै घरपरिवार चलाउँदै आएका खतिवडाले पहिलो पटक राज्यबाट अनुदान पाएपछि खुशी भए । “अहिलेसम्म आफूले बाख्रामा अनुदान प्राप्त गरेको थिएन”, उनले भने, “आइतबार चार वटा माउ बाख्रा र एउटा व्याड बोका अनुदानमा […]

धान उत्पादन बढ्ने आँकलन

बाँके। धान रोपाइँ समयमै भएकाले बाँकेमा यो वर्ष प्रतिहेक्टर ४ मेट्रिक टनका दरले १ करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष करिव ३६ हजार हेक्टरमा धानखेती गरिएको छ । रोपाइँ सकिएपछि पानी लगातार परेकाले धान सप्रने अपेक्षा केन्द्रले गरेको छ । यहाँ उत्पादन […]

कौसी खेतीबाटै मासिक ५० करोडको तरकारी !

पोखरा। पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताए । पोखरा नगरभित्र उत्पादन हुने फोहरलाई घरर घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी कार्यक्रममा कडरियाले कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताए । महानगरले ‘छुट्याऔँ फोहर, […]