तुलसी १८ इन्च लामो सुगन्धित वनस्पती हो। यो Lamiaceae परिवारमा पर्छ र यसको बैज्ञानिक नाम Ocimum sanctum हो। हिन्दू मान्यता अनुसार यसलाई :

तु- तुरिय अवस्था ज्ञानको प्रतिक राम

ल- लकरादी , लक्ष्मण बैरग्यको प्रतिक पञ्चत शरीर

सी- मानव हृदय र ज्ञानको प्रतिक मानिन्छ।

त्यसैले तुलसीलाई ज्ञान, बैरग्य, भक्ति र भक्तिको प्रतिक मानव जीवनको अर्थमा बुझ्न सकिन्छ। यस वनस्पती प्रथम पटक भारतमा पाइएको मानिन्छ।
यी तीन प्रकारका हुन्छन् :
१. वन तुलसी
२. रामा तुलसी
३. कृष्ण तुलसी

नेपाल र भारतमा मुख्यगरी रामा तुलसी लगाइन्छ।
वन तुलसी : यो जङ्गली प्रजातिको तुलसी हो। यो २ मिटर सम्मको अग्लो हुन्छ र स्वाद भने मरिच जस्तो पिरो हुन्छ।

कृष्ण तुलसी : यसलाई श्यामा तुलसी पनि भनिन्छ। यसको पात र स्तेम बैगुनी रङ्को हुन्छ र राग मारिच जस्तो पिरो हुन्छ। यो करिब ३०-६० से.मी.सम्म अग्लो हुन्छ।

रामा तुलसी : यसको पात उज्यालो हरियो रङको हुन्छ र स्वाद भने गुलियो हुन्छ। बिरुवा रोपेको ८० दिनमा mature हुन्छ।

रसायनिक पदार्थ :
Eugenol : दुखाई कम गर्ने
Ursolic & Rosmarinic acid: यसमा एन्टिओक्सिडेन्ट (Antioxidant), एन्टिइन्फ्लेमेटोरी (Anti inflammatory), र एन्टिएजिङ (Anti aging) तत्वहरु पाइन्छ। त्यसैगरी भिटामिन- सी (Vitamin-C), लुटेइन ( Lutein ) जसमा आँखाको स्वास्थ सम्बन्धी औषधीय गुणहररु हुन्छन्।

फाईदाहरु :

तुलसीलाई जडिबुटिको रानी भनिन्छ। यसमा मानिस र जनवरहरुमा लाग्ने बिभिन्न रोगसँग लड्ने क्षमता हुन्छ।

बिभिन्न रोग :
बैज्ञानिक अध्ययनहरुले तुलसीमा Antimicrobial, Antioxidant, Anticataract, Anti inflammatory, Chemo preventive, Radio protective, Neuro protective, Cardio protective, Anti diabetic, Hepato protective, Antihypercholestrolemia, Antihypertensive, Anticarcinogenic, Analgestic, Antipyretic, Antiallergic  जस्ता विषेशता हुने पुष्टी गरि सकेका छन्। त्यसैले बिभिन्न रोगहरु जस्तै रुघाखोकी, दम, झाडापखाला, ज्वरो, गठिया, आँखाका रोगहरु, ओटेल्जिया, ग्याँसट्राइटिस, हृदयसम्बन्धी रोग, पिसाबसम्बन्धी समस्या, ढाडदुख्ने समस्या, छालाका रोघहरु त्यसैगरी चिन्ता समेत न्युनिकरण गर्न मद्दत गर्दछ। तुलसीको बोट वरिपरी किरा, बिच्छिहरु पनि कम आउने र लामखुट्टे नलाग्ने पनि पाईन्छ। ल्यबमा गरिएको अध्ययनले तुलसीमा बिभिन्न रसायनले गर्ने चोटपटक पनि
न्युनिकरण गर्ने पुष्टि गरेको छ। जब रसायनले हाम्रो शरीरमा असार गर्दछ, तब यसले शरीरमा एन्टिओक्सीडेन्ट मोलिक्युल जस्तै Glutathione बढाउँछ र त्यसले शरीरमा बिभिन्न इन्जायिमको कार्य अझै द्रुत रुपमा बढाएर विषाक्त कुराहरुबाट बचाउँछ।

मानसिक तनाव :
यसको दैनिक उपयोगले शरीरका कोषाणुलाई डिटोक्स गरेर दिमागलाई शान्त र तनवमुक्त बनाउन मद्दत गर्दछ। यसमा पाउने anti depressive गुणहरु मेडिकलमा पाउने Diazepam र अरु anti depressive  औषधीहरुसँग मिल्छ। यसको दैनिक उपयोगले बुढोपना केही हदसम्म कम गर्ने, यौनजन्य समस्या, अनिन्द्रा, बिर्सिने समस्या र थकावट पनि कम गर्दछ ।

तरल योग :
तुलसीलाई चियाको रुपमा दैनिक सेवन गरेमा यसबाट हुने फाईदाहरु दैनिक योग गर्ने मनिसमा हुने फाईदासँग तुलना गर्न सकिन्छ। यसैगरी दैनिक योगका साथै तुलसीचियको उपयोग गरेमा झन् धेरै फाईदाहरु लिन सकिन्छ।

दिव्य तुलसी :
यसको बिउको मालाले ध्यानको अवस्थामा हाम्रो दिमागलाई एकिक्रित गराउन पनि मद्दत गर्छ। यसले शरिर दिमाग र आत्मालाई पनि जोड्ने मानिएको छ। त्यसैगरी ताजमहलको मार्बलरूपी भवनलाई बचाउन सैँयौ तुलसीका विरुवाहरु पनि लगाएको पाईन्छ।

हानी :
थोरै अध्ययन भएका कारण्ले यसले गर्ने धेरैजसो थाहापाइएको छैन। यसले ब्ल्ड सुगर लेबल कम गर्नेहुनाले diabetes लागेकाले ध्यानपूर्बक सेवन गर्नुपर्दछ। गर्भवती महिला र गर्भवती हुनचाहने महिलाले पनि यसको सेवन गर्नुहुदैन किनभने यसको Ursolic acid ले प्रजनन् क्षमतामा असर पार्न सक्छ।

सेवन गर्ने तरिका :
पातलाई राम्ररी पखालेर खान सकिन्छ वा पानीमा ३-४ वटा पातहरु राखेर राम्ररी उमालेर तुलसी चियाको रुपमा खान सकिन्छ। तुलसीको बिउलाई चाहीँ पानीमा भिजाएर खाएमा त्यसबाट प्रशस्त फाइदा लिन सकिन्छ। करिब २ चियाचाम्चा तुलसीको बिउलाई १ कप पानीमा करिब १५ मिनेटसम्म भिजाएर खाएमा उचित मानिन्छ।

अहिलेको आधुनिक जीवनशैलीमा मनिसहरुलाई शारिरीक व्यायामको कमीहुदै गैरहेको स्थितीमा तुलसीलाई सही ढंगले उपायोग गर्नेहो भने हामीले यसबाट आनेकौँ फाईदा लिन सक्छौँ।

लेखक : शर्वरी भट्टराई , प्राक्रितिक स्रोत ब्यवस्थापन कलेज सिन्धुली