समाचार

कलिलैमा किसानले किवी टिप्दा समस्या

इलाम। कलिलै टिपेर किसानले किवीफल बजार पु¥याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ । किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पु¥याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् । बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको हो […]

नीति र प्रविधीको कमिले कृषिमा प्रगति शुन्य

स्याङ्जा। स्याङ्जाका किसानले नीति र प्रविधीको कमिले कृषिमा प्रगति हुन नसकेको बताएका छन् । राज्यको पहिला सहि नीति बन्नुपर्छ र त्यसपछि प्रविधी चाहिन्छ । शिक्षण पेशा सहित कृषिलाई पनि सँगै अगाडि बढाएका स्याङ्जाको वालिङ नगरपालिका १३ भैंसीखोलाका बुद्धिसागर पराजुलीले नेपालमा विभिन्न किसिमका हावापानी र माटो छ, राज्यद्वारा त्यही किसिमको सिफारिस गरिनुपर्ने बताए । यसो गर्न […]

हेटौँडामा पाउडर दूध उद्योग निर्माण हुने

वाग्मती। वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । उद्योग स्थापनार्थ प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पाउडर दूध उद्योगका लागि विस्तृत परियोजनासमेत तयार गरेको जनाएको छ । रु. ४५ करोडको लागत अनुमान रहेको सो उद्योगका लागि निर्देशनालयले ठेक्का आह्वान प्रक्रिया अगाडि बढाएको छ […]

लगातारको वर्षाले तरकारी खेती सखाप : किसानमा पिरलो

महोत्तरी। लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रँदैं गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । अहिले बारीमा भर्खरै रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरू तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोत्तर बनाएको छ । घिरौँला, झिँगनी, लौका, चिचिण्डा, […]

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै : अझै ३ दिन देशभर वर्षा

ललितपुर। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘शनिवार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइवारदेखि क्रमिक सुधार हुनेछ’, उनले भनिन् […]

व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

ललितपुर। गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाको उपस्थितिमा इन्स्टिच्युटका कार्यकारी निर्देशक तिलक भण्डारी र फाउण्डेशनको विज्ञान तथा प्रविधि विभागका निर्देशक डा ताराप्रसाद बन्जाडेले आज समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । दुबै […]

पशुपालनका लागि सहुलियत ऋणअन्तर्गत १३ करोड कर्जा प्रवाह

दमौली। गत आर्थिक वर्षमा तनहुँमा पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत रु. १३ करोड २६ लाख कर्जा प्रवाह भएको छ । जिल्लामा रहेका विभिन्न छ वटा बैङ्कले पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत सो कर्जा प्रवाह गरेको हो । पशुपछीपालनका लागि प्रदान गरिने सहुलियत ब्याजदरको ऋण सुविधामा किसानलाई तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । आर्थिक […]

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

ललितपुर। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यूनचापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस […]

कृषिमा नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल

सुरुङ्गा। कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गरे । उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, […]

कृषि मन्त्रालयले पठायो उखु किसानको अनुदान

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा भएको क्रसिङ गरिएको उखुको अनुदान पठाएको छ। सरकारका तर्फबाट किसानले पाउने अनुदान सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण शाखामा पठाएको हो। मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीकाअनुसार गत आवमा सलार्ही, सुनसरी, कञ्चनपुर, सिराहा, महोत्तरी, रौतहट, नवलपरासी र बारा गरी ८ जिल्लामा रहको ११ वटा उद्योगमा […]