समाचार

दशैंका खसी, बोका, भेंडा, च्याङ्ग्राः रातो हैन हरिया

ललितपुर। काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैंका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ । कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य […]

कृषिमन्त्री पौडेलद्वारा भेडा स्रोत केन्द्रको अनुगमन

रुकुमपूर्व। लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भेडा स्रोत केन्द्र बनाउने स्थानको स्थलगत अनुगमन गरेकी छन् । भेडा स्रोत केन्द्रको लागि छनोट गरिएको जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर ११ मा रहेको उपल्लो सेराको उनले स्थलगत अनुगमन गरेको हुन् । अनुगमनपश्चात मन्त्री पौडेलले गाउँपालिका पशुपालनको लागि उपयुक्त ठाउँ भएको बताइन । पशुपालनलाई निर्वाहमुखी […]

महेन्द्रनगरमा आधुनिक पशु बधशाला सञ्चालन

कञ्चनपुर। भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । पशुपक्षी निर्देशनालय र नगरपालिकाको रु ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो । बधशालामा ५० खसी, बोका र ५०० कुखुरा एकैसाथ बध गर्न सकिने व्यवस्था गरिएको छ । कुखुरा र खसी बोका बध गर्नका लागि भवनमा अलग–अलगरूपमा व्यवस्था गरिएको छ । बधशालाका लागि […]

तस्करीका लागि राखिएको २२ क्विन्टल बढी मटर बरामद

महोत्तरी। नेपालबाट भारततर्फ अवैधरूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर गए राति प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको सीमानाकामा अवस्थित मनरासिस्वा नगरपालिका–१० मरुवाही गाउँमा सञ्चालित रामजानकी जेनरल स्टोर्समा ९० वटा बोरामा राखिएको २२ क्विन्टल ५०० किलोग्राम मटर बरामद गरिएको हो। ठूलो मात्रामा मटर […]

ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन एकीकृत जडीबुटी खेती

गलेश्वर। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाँझिएको जमीनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याई ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले एकीकृत जडीबुटी खेती गर्ने भएको छ । केही दिनअघि जडीबुटीविज्ञ चन्द्रमणि सापकोटाको नेतृत्वमा आएको अध्ययन तथा निरीक्षण टोलीले गाउँपालिकाका सबैजसो क्षेत्रमा कुनै न कुनै जातको जडीबुटी खेती गर्न सकिने सुझाव दिएपछि त्यहाँका बाँझिएको जमीनमा एकिकृत जडीबुटी खेती गर्न […]

खसी चिन्नु अनि किन्नु : स्वस्थ खसीबोकाको सिङमा हरियो रङ, अस्वस्थमा रातो

ललितपुर। काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन् । स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताए । उपभोक्ताले हरियो रङ लगाइएको खसीबोका […]

कृषि विश्वविद्यालयको रजिस्ट्रारका लागि ११ जनाको आवेदन

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिस्ट्रार पदमा ११ जनाको आवेदन परेको छ। विश्वविद्यालयले गत असोज २२ गते रजिस्ट्रार र दुई संकायका डिनका लागि आवेदन खुलाएको थियो। विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रजिस्ट्रारका लागि ११, कृषि सङ्कायको डिनका लागि सात र पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका लागि आठ जनाको आवेदन […]

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि

इलाम। प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । गएको आर्थिक वर्ष २०७६/७७ को (साउन–भदौ) मा ६४ करोड २३ […]

तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन असम्भव : कृषि मन्त्री भुसाल

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् । उनले तत्काल ५ लाख मेट्रिकटन मल […]

व्यावसायिक कागती खेती शुरु गर्दै नवलपरासीका किसान

परासी। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि पछिल्लो समय यसको खेतीमा यहाँका कृषक आकर्षित भएका हुन् । प्रायः पहाडी क्षेत्रमा गरिने कागती खेती पछिल्लो पटक तराईमा पनि विस्तार हुन थालेको छ । भिटामिन सी प्रशस्त […]