समाचार

रासायनिक मलको चर्को अभाव

कैलाली। हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ । हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो । उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान यसका लागि भौतारिन थालेका छन् । बर्खे धानबालीमा रासायनिक मल […]

बीउबिजन बैंक स्थापनाको तयारी

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बीउबिजन बैंक सञ्चालन गर्नका लागि तयारी थालेको छ । किसानले चाहेको समयमा अन्न, तरकारी तथा फलफूलको बीउबिजन उपलब्ध गराउने लक्ष्यकासाथ गाउँपालिकाले कृषि सहकारी संस्थामार्फत बीउबिजन बैंक सञ्चालन गर्ने भएको हो । किसानलाई आवश्यक पर्ने बीउ खरिदका लागि तराई वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै बीउबिजन बैंक सञ्चालन गर्ने तयारी […]

मौरी पालेरै मालामाल

दैलेख। जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उनको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । उनको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ ले चिनिन्छ । उद्योगमा सेरेना जातका २०० घार मौरी छन् । १०० घारबाट मह र १०० घारबाट मौरीका गोला […]

प्राङ्गारिक मल उत्पादन कारखाना खोल्ने हो ? १ करोड सम्म अनुदान पाईन्छ

गण्डकी। कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरी गण्डकी प्रदेश अन्र्तगत  रहेका कृषक समुह, कृषि सहकारी संस्था, नीजि उद्यमी, कृषि फार्म तथा कम्पनीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तोकिएको ढाँचामा सम्पूर्ण कागजात […]

राजनीतिसँगै बाख्रापालन

चितवन। केन्द्रमा राजनीति गर्ने पूर्णकालीन हुने भए पनि स्थानीयस्तरका नेता कार्यकर्ताको आफ्नो पेशा नहुँदा टिक्न कठिन हुन्छ । पारिवारिक व्यवस्थापनसँगै राजनीति उनीहरुको बाध्यता हुने गर्दछ । विगतमा राजनीति मात्रै गर्दै गर्दा धेरैले आफ्नो सम्पत्ति सकेको गुनासो गर्ने गरेका छन् । यस्तै माडीमा गएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजय भोग्नुभएका नीलकण्ठ काफ्ले यतिबेला राजनीतिसँगै बाख्रापालनमा लागेका छन् […]

दुग्ध विकास संस्थानको बिक्री केन्द्र सञ्चालन

लमही। दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा विस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । घोराही–१४ को राप्ती टोलबाट सेवा शुरु गरिएको हो । संस्थानका अध्यक्ष वसन्त गिरीले पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दूधको केन्द्रका रुपमा निर्माण […]

स्याङ्जाका युवा जैविक संरक्षण र अर्गानिक कृषिमा

स्याङ्जा। स्याङ्जाका युवाहरु जैविक संरक्षण र अर्गानिक कृषिमा आकर्षित भएका छन् । आफूले प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई आफ्नै ठाउँमा प्रयोग गर्दै आएका कविराज शिवहरि अधिकारी र गणेश अधिकारी तरकारी बिरुवा तथा नर्सरी, जडिबुटी र महजन्य वस्तुहरुको उत्पादनमा लागेका हुन् । गल्याङ ८, करादीका कविराज अधिकारीले वातावरण संरक्षण र मानव स्वास्थ्यका हिसावले वनस्पतिजन्य वस्तुको […]

खाँदबारीका कृषकलाई आधुनिक हलो!

किमाथाङ्का। सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो ९मिनीटिलर० वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ आधुनिक हलो वितरण गरेको छ । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक हलो मिनीटिलर वितरण गरेको […]

भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत

चितवन। भारतीय बजारमा यहाँ उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो । भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले यहाँका चल्ला भारत पठाउन थालेका हुन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष […]

दशैंका खसी, बोका, भेंडा, च्याङ्ग्राः रातो हैन हरिया

ललितपुर। काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैंका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ । कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य […]