खजुरा। कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुराले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषकहरुका लागि मागमा आधारित क्षमता अभिबृद्धि तथा सिपविकास तालिम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले लुम्बिनी प्रदेशका कृषकहरुलाई दरखास्त पेश गर्न आव्हान गरेको छ । साथै तालिम सम्बन्धी जानकारी टोल फ्रि नम्बर १६६०८१५२०९९ मा सम्पर्क गरी  लिन सकिने छ ।

तालिममा शहभागी किसानलाई निशुल्क तालिमको व्यवस्था मिलाईएको सूचना अधिकारी अनिश श्रेष्ठले जानकारी दिनुभयो । एक पटकमा २५ जना सहभागी हुन पाउने तालिम ७ पटक संचालन हुने छ ।

थप जानकारीका लागि : ०८१- ५६०४४२

सूचना हेर्नुहोस :