ललितपुर। सर्लाहीका उखु किसानले उखुको भुक्तानी नपाएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनीमिल उद्योगले बक्यौता रकम उपलब्ध नगराएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन ।
गत वर्ष पुस महिनामा पनि किसानले काठमाडौं केन्द्रित आन्दोलन गरेको र विगतमा भएको सम्झौता पूरा नभएको भन्दै किसानले काठमाडौ केन्द्रित आन्दोनल थालेका हुन् ।
उखु किसानहरुले बक्यौता रकम भुक्तानीमा सम्झौता गराउने सरकारले सहयोग नगरेको तथा रकम नपाएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । किसानहरुले यो प्रदर्शनलाई निर्णायक बनाउने बताएका छन् ।
यसैबीच, आन्दोलन तथा प्रदर्शनको क्रममा माइतीघरमा विभिन्न नाराहरु देखिएका छन् । किसानहरुले बोकेको ब्यानरमा किसानको पीडा झल्काउने नाराहरु समेटिएका छन् ।
किसान आन्दोलनमा ‘तिम्रो चियामा चिनी, हाम्रो चियामा उत्पीडन’, ‘किसानलाई बाँच्न देउ’ लगायतका नाराहरु देखिएका छन् । ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, सानो छ देश, ठूलो छ सरकार अटेन किसान’ जस्ता नाराहरु देखिएका छन् ।