समाचार

मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी

सिञ्जा । चन्दननाथ नगरपालिकाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुले रोजगारीको बाटो रोज्ने प्रतिबद्धता गरेका छन । बेरोजगार भई भौँतारिएका युवहाहरुले मेयर रोजगार कार्यक्रममार्फत जीवनोपयोगी सीप सिकेको भन्दै व्यवसायी भएर क्षमता देखाउने प्रतिबद्धता गरेका हुन । नगरपालिकाले पहिलो पटक सञ्चालन गरेको मेयर रोजगार कार्यक्रममार्फत छ महिने मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको थियो । नगरपालिकामा रहेका बेरोजगार […]

महिला उद्यमीको जाँगर : यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका बिक्री

देउखुरी। बडादशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन् । महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मात्रै आठ सय खसीबोका खरीद गरेको छ । थप […]

’कृषि क्षेत्रमा राष्ट्रिय गौरव योजना’ संचालन गर्ने मन्त्री भुषालको घोषणा

ललितपुर। कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले अब प्रदेशमा कम्तिमा कृषि क्षेत्र अन्तर्गत राष्ट्रिय गौरव योजना सञ्चालन हुने बताएका छन् । धनुषामा प्रदेश २ को कृषि राष्ट्रिय गौरव आयोजना अघि बढाउने क्षेत्रको स्थलगत निरीक्षण गर्दे मन्त्री भुसालले यस्तो घोषणा गरेका हुन् । उनले भन,”प्रदेशमा कम्तीमा १ वटा कृषिका गौरवका योजना बनाउने सोच राखिएको छ […]

टेन्ट क्याटरपिल्लर (पाल बनाउने लार्भा)को जीवन चक्र र व्यवस्थापन 

आँपको पातमा जालो बनाएर बस्ने किरा “mango leaf webber” लाई  नेपालका विभिन्न ठाँउहरुमा  टेन्ट क्याटरपिल्लर (पाल बनाउने लार्भा) पनि भनिन्छ। हाल सम्म आँपको कम असर पर्ने किराहरुको सुचीमा राखिएको यो  किरा विगतका केही बर्ष देखि तराईका बिभिन्न जिल्लाहरुमा निकै  विनाशकारी रुपमा देखा परिरहेको छ । विशेषगरी प्रदेश  नम्बर  दुईका जिल्लाहरुमा यो  किराको प्रकोप बढी पाईन्छ […]

उद्यमी बन्ने आइडिया ल्याउनुहोस, उत्कृष्ट भए ३ % ब्याजमा १५ लाख रुपैयाँ ऋण लानुहोस

ललितपुर। उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान आयोजना गर्ने भएको छ । युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा […]

रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको कूल […]

कोरोना कहरले बीउ बिजन छेत्रमा पारेको असर र यसका समाधानहरु

कोरोना महामारिले पुरै विश्वलाई नै असर पारेको छ जसको सिधा असर अर्थतन्त्र र कृषितन्त्रमा परेको छ। नेपालमा पनि कोरोनाको असर कृषि छेत्रमा धेरै परेको छ।यसले बिउबिजनमा पारेको असरका कारण देशको अर्थतन्त्र र कृषिमा ठुलो असर परेको देखिन्छ। बीउ खाद्यान्न उत्पादनको मुख्य श्रोत हो। बिउको अभावमा खाद्यान्न उत्पादन सम्भव छैन। यस कोरोना महामारिले गर्दा नेपाल भारत […]

कृषिमा कोरोना कहर कि अवसर ?

कोभिड-१९, एक सुष्म जीवले विश्व आक्रान्त यस अवस्थामा यस भाइरसलाई अवसर भन्नु पक्कै असमजदारीको कुरा देखिन्छ तर यहाँ म कोभिड-१९ लाई एक कहर भन्दा पनि एक अवसरको रुपमा पुष्टि गर्न चाहान्छु। हाम्रो देश नेपाल कृषिप्रधान देश भनेर हामि सानै देखि पढ्दै, भन्दै आइरहेका छौ। हुन पनि देशका ६०% जनसङ्ख्या कृषिमा केद्रित् छन्। तर, पनि कोभिड-१९ […]

रासायनिक मल आउने क्रम जारी

वीरगञ्ज। विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र […]

किसानबाट धान खरिद गर्ने सहकारीलाई सरकारले क्विन्टलको ११२ रुपैयाँ अनुदान दिने

ललितपुर। सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीहरुले सरकारबाट प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले किसानको धान किन्ने सहकारीहरुलाई अनुदान दिने निर्णय गरेको हो । कृषिमन्त्री घनश्याम भुसालको प्रस्तावमा मन्त्रिपरिषद बैठकले ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका -२०७७’ पारित गरेको छ । निर्देशिकाअनुसार सहकारीहरुले […]