ललितपुर। कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ७ वर्षे अवधिको उक्त ऋणपत्र वार्षिक ४ प्रतिशत ब्याजदर तोकेर विक्री गर्ने अनुमति माग्दै मंसिर २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कुल कित्तामध्य २४ लाख कित्ता सार्वजनि निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने ३६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । यो ऋणपत्र विक्री गर्ने जिम्वेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पाएको छ ।