ललितपुर। नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने विषयमा आज बंगलादेशमा सम्झौता भएको छ ।  कृषि सामाग्री कम्पनी र बंगलादेश केमिक इन्डस्ट्री कर्पोरेशनबीच भएको सम्झौताअनुसार नेपाललाई मल उपलब्ध गराउन बंगलादेश सहमत भएको हो।

सम्झौता अनुसार अब बंगलादेशले बल्क र कार्गोमा गरी चार लटमा ५० हजार मेट्रिक टन मल उपलब्ध गराउनेछ। बंगलादेशले नेपाललाई निकासी गर्ने मल बंगलादेशको कर्नफुली फर्टिलाइजर कम्पनीले उत्पादन गर्नेछ।

युरिया मल आयातसम्बन्धी भएको सम्झौतापत्रमा कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेशकातर्फबाट कर्पोरेशनका अध्यक्ष मोहमद अमिलउ अहसनले हस्ताक्षर गरेका हुन्।