समाचार

कृषकका गुनासा हट्न समय लाग्छ : कृषि तथा पशुपक्षी विकास मन्त्री भुसाल

चितवन। कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताएका छन् । सञ्चारकर्मीसँग शनिवार यहाँ कुराकानी गर्दै उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए। उनले भने, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।” कृषि क्षेत्रमा आधुनिकीकरणको […]

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै

देउखुरी। दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागू गरिएको […]

ओखर खेतीमा किसानको आर्कषण

खलङ्गा। पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हुँदैं गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका–८ का कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिनुभयो । तिला गाउँपालिका–१ का रमा बुढाले आफूहरु व्यावसायिकरुपमा ओखरखेतीमा लागेको र आयआर्जन समेत वृद्धि […]

हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै

ताप्लेजुङ। ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् । सधैँ खम्बाचेन, घुन्सामा […]

काठमाडौं उपत्यकालगायत देशभर चिसो बढ्यो, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावसँगै शुक्रबार काठमाडौं उपत्यकासँगैं देशभर चिसो बढेको छ । शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम र मध्य क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्यत हिमपात हुने तथा बाँकी […]

मूल्य नपाउँदा सिचराईतो उत्पादक किसान मारमा

भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोको मूल्यमा गिरावट आएपछि भोजपुरका किसान मर्कामा परेका छन्। व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने बर्सेनि गिरावट आउन थालेपछि किसानहरु मर्कामा परेका हुन्। विगतका वर्षहरुमा प्रतिमन (४० किलोको एक मन) २० देखि २५ हजार रुपैयाँमा बिक्री हुँदै आएको चिराइतो यस वर्ष प्रतिमन ६ हजार रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानको […]

देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

ललितपुर। काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । “तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः […]

ट्रेन्च प्रविधिबाट उखुखेती गर्ने किसानलाई अनुदान

सर्लाही। जिल्लाको गोडैता नगरपालिका–५ स्थित महालक्ष्मी चिनी उद्योगले ट्रेन्च प्रविधिबाट उखु खेती गर्न किसानलाई अनुदान दिने भएको छ । गोडैताका उखु उत्पादक किसानका लागि उद्योगले प्रतिबिघा रु चार हजार मूल्य बराबरको अनुदान दिने भएको हो । आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालनमा आएको सो उद्योगले ट्रेन्च प्रविधिबाट उखुखेती गर्न यहाँका किसानलाई प्रतिबिघा रु चार हजार अनुदानका […]

किसानले पाएनन् अनुदान रकम

गलकोट। किसानलार्ई अनुदानको रकम लिन प्रक्रियागत, प्राविधिकगत ज्ञान तथा समस्याका कारण मुस्किल पर्ने गरेको छ । अनुदान पाए पनि कागजात मिलाउन नसक्दा कृषि कार्यालयबाटै ठगिनुपरेको उनीहरुको गुनासो छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन म्याग्दीअन्तर्गत बागलुङका तीन जना सुन्तला किसान ग्रिनहाउस बनाउन गत आर्थिक वर्षमा रु १२ लाखका दरले अनुदान पाउने सूचीमा परेका थिए […]

दुई वर्षपछि चामल ढुवानीको प्रक्रिया सुरु

जाजरकोट । विगत दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएपछि चामल ढुवानी कार्य अगाडि बढेको हो । उपल्लो डोल्पामा हिमपात शुरु हुनुभन्दा पहिला नै त्यहाँ खाद्यान्न ढुवानी कार्य पूरा गरिने बताइएको छ । […]