ललितपुर। भारतले बासमती धानको भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन) को हक अधिकार स्थापित गर्न युरोपियन युनियन (ईयु) मा निवेदन पेश गरेपछि नेपालले त्यसमा आपत्ति जनाएको छ।
बासमती धानमा भारतले लिन खोजेको एकल स्वामित्वका सम्बन्धमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको र नेपाललेसमेत त्यसमा दाबी जनाउने कृषि तथा पशुपंक्षी मन्त्रालयले मंगलबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने गरेको भन्दै भारतको एकल दाबीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर के.सी.ले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“भारतले बासमती धानको भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन) हक अधिकार स्थापित गर्न युरोपियन युनियनमा निवेदन पेश गरेको विषयमा नेपाल सरकारको गम्भीर ध्याकर्षण भएको छ ।”
विज्ञप्तिमा थप भनिएकोछ ,“उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकारवालाको बैठकले बाममतीमा नेपालको समेत हक स्थापित हुनुपर्ने भएकाले सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि अनुवंशिक श्रोत केन्द्र,खुमलटार मार्फत तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णय गरेको छ ।”
प्रेस नोट :